रोटरी क्लब भाँदगाँउद्धारा ताँजाकोटमा खाद्यन्न वितरण

फिल्को मिसन

बुधबार २८ असोज २०७७
हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिका बाढिपिडीत २ सय १९ घरधुरी लाई खाद्यन्न बितरण गरीएको छ ।
रोटरी क्लव अफ कामाडौं मेट्रो र रोटरी डिस्ट्रीक ३२९२ को आर्थिक सहयोग ंनिबर्तमान अध्यक्ष वसन्ती शाहीको पहलमा खाध्यन्न वितरण गरिएको छ ।
ताँजाकोट गाउँपालिका ं१मा ३३ घरधुरी,वडा नं २मा ४२ घरधुरी, वडा नं ३ का ६५ घरधुरी, वडा नं ४मा ४० घरधुरी र वडा नं ५ का ३९ घरधुरी जम्मा २ सय १९ बाढीपीडित घरधुरीलाई प्रति घरधुरी ३० केजीका दरले खाद्ययन्न वितरण गरेको धर्मराज जैशीले बताए ।
गएको भदोै २९ गते लगातार बर्षाका कारण आएको बाढि पहिरोले घरसहित खेती बारी बगाएर लगेपछि पालमुनी वस्दै आएका थिए । हुम्ला जस्तो दुर्गमा गाउँका बाढि पीडिहरुलाई सानो सहयोग गरेको रोटरी क्लव अफ भादगाउँका अध्यक्ष प्रकाश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस