कहिले पनि देखेन सरकारले जंगे पिलर ढलेको

बुधबार २८ असोज २०७७
हुम्लाको सिमा नमिचेको र घर पनि नबाएकोे नेपाल सरकार र चिनिया राजदुताबासले भरखरै जारीको गरेको सन्देश प्रति कर्णाली प्रदेश प्रतिपक्ष नेता जिवन बहादुर शाही उल्टै आरोप लगाएका छन ।
चीनसँगको जोडियोका हुम्लाको सीमा क्षेत्रमा रहेका पिलरहरुको अबस्थाको बारेमा स्थलगत अवलोकन गरेर सदरमुकाम सिमकोट फर्केपछि नेता शाहीले मिडीया मार्फत सार्वजकि गरेका छन । हुुम्लाको हिल्साको किटमा रहेको नम्बरको ५(२)पुरोनो जंगे स्तम्भ पिलर ढालेर खोलामा फालीएको र चिनीया पक्षले फरक संरचानाको नयाँ पिलर बनाएको खुलासा गरेका छन । ५(२) नम्बरको उक्त पिलर नेपालतिर लडाएको र पानीमा फालिएको स्थानीय बासिन्दाकाको भनाई छ । एउटा असल छिमेकीको रुपमा चीनलाई हेरिएको भएपनि सिमाको स्थलगत अवलोकन गर्दाको अवस्थालाई हेर्दा चीनले नेपाल माथि विस्तारवाद लागू गरेको आरोप नेता शाहीको छ ।
नेपाल–चीनतर्फको सीमा स्तम्भ ९९ वटा पिलर रहेको तथ्याङ्क भेटिएको छ । जसमध्ये हुम्लामा १०वटा मुख्य पिलर र ५वटा सहयाक पिलर गरि जम्म १५वटा पिलर रहेको छ । हुम्लाको नाम्खा गाउँपालिका रहेको सिमानामा मुख्य ३ नम्बर पिलर चिप्ला भन्जायाङ्ग ५१२५मिटर,४नम्बर पिलर नुमुचे टुप्पामा ५२५०मिटर, ५नम्बर पिलर किटखोला ३७००मिटर, ६ नम्बर पिलर च्यादड्गे चिलल्पा ३७००मिटर,७ नम्बर पिलर माप्चा नदि ३६५०मिटर,७नम्बर पिलर माप्चा नदि ६५५०मिटर,८नम्बर पिलर माप्चा खोला ३६००मिटर,९नम्बर पिलर माप्चा नदि ३६००मिटर,१० नम्बर पिलर औसो पर्वत राता लाग्न ३९५०० मिटर,११ नम्बर पिलर टाकुले ५२००मिटर, १२नम्बर पिलर चाप्ले भन्ज्याङ्ग ५०५० मिटर र साहयक पिलर रहेका छन ।