नेकपा हुम्लाको नँया कार्यालय संगै वक्त शहिद स्मृति प्रतिष्ठान उद्धाघटन 

जयपति ढकाल 

शनिबार १,कार्तिक २०७७

हुम्ला । हुम्लाको सदमुकाममा वडादशैं, दिपावली र छठ पर्वलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हुम्ला जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
शहिद वक्त बुढाए लगायतका शहिद स्मृति प्रतिठानको नामा रहेको भवन शनिबार बाट शहिद स्मृति प्रतिठान कार्यलयसँगै पार्टी कार्यालय उदघाटन गर्न नेकपा हुम्लाका कार्यलय सचिव कमल बोहराले बताउनु भयो ।


प्रतिनिधि सभा सदस्य संसद छक्क बहादुर लामाले पानसमा बत्ति बालेर नेपाल कम्युनिष्ट पार्टि हुम्लाका इन्चार्ज बिजय भण्डारी झन्डा फराएर ब्यानर बोर्ड खोलेर सो कार्यक्रम सम्पन्न भएको हो ।
संसद छक्क बहादुर लामाले कार्यालयलाई पाठशालाकोरुप लिने हामिले केन्द्रतिरका कुनै गुडउपगुड भन्दा पनि सुन्ने कुरा सुनेर बिकास तर्फ लाग्ने ७७ जिल्लाकै नमुना जिल्ला हुम्ला पार्टी तय गर्ने विश्वास लिएको बताए ।

खोला समुन्द्र उछिउमंग मचाए पनि आफ्नै गतिमा सफा हुनेमा बिश्वस्त भएको र विशाल पार्टी भइसकेपछी कुराहरु नमिल्दो भएपनी आफ्नै गतिमा काम गर्नेमा कुनै दुबिधा नभएको र नहुनेमा भर्पुर बिश्वास लिन इन्चार्ज बिजय भण्डारीले आग्रह गरे ।

नँया कार्यालय उद्घघाटन तथा वडा दशैको शुभकामना आदनप्रदानमा कार्यक्रममा बोल्दै कोरोना परकाष्ठ गर्न सक्ने शक्ति प्रधान गर्ने शुभकामना दिदै पार्टीको कार्यालय उपलब्ध गराउने संसद छक्क बहादुर लामालाइ बिशेष धन्यवाद दिदै नेकपा हुम्ला जिल्ला कमिटी अध्यक्ष लालकेश जैसिले खुसी ब्यक्त गरे ।

उक्त कार्यक्रममा सभापति लालकेश जैसी, प्रमुख अतिथि बिजय भण्डारी ,विशिष्ट अतिथी छक्क बहादुर लामा ,प्रदेश कमिटी सदस्य लोक बहादुर हमाल ,वरिष्ठ नेता कार्चेन लामा प्रदेश कमिटी सदस्य जुनकित लामा सहिद स्मृति प्रतिठान चन्द्र सिंह कार्की समन्वय प्रमुख दान बहादुर रावत ,गाँउपालिका अध्यक्ष ,सहिद परिवार,पत्र विभिन्न संग संगठन पत्रकारहरु सम्पुर्णको उपस्थिती रहेको थियो ।

??????

अलग–अलग पार्टी कार्यालयलाई एकीकृत गर्ने गरि नियमित सञ्चालन गर्ने, दुवै पार्टीको नाममा वा स्वामित्वमा रहेका सम्पति एकीकृत गर्ने, दुवै पार्टीको सदस्यता वितरण र अभिलेखहरुलाई अद्यावधि गरी प्रदेश कार्यालयमा पठउने लगायतका कामहरु पार्टी कार्यलय सचिव कमल बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस