गोठीका २१ वर्षिय किशोरी सहित चारजनाको रिर्पोट नेगेटिभ

नन्द सिंह

शनिबार १,कार्तिक २०७७
हुम्लाका ४ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । सर्केगाड गाउँपालिका वडा नम्वर ५ गोठी गाउँकी २१ बर्षिय किसोरीमा यस भन्दा अघि दुई पटक कोरोना रिपोट पोजेटिभ आएता पनि जिल्ला अस्पताल कार्यालय हुम्लालले किसोरी र अन्य तीन जनाको रिर्पोट संकलन गरि भदौ २८ गते पठाएको थियो ।
दुई पटक रिर्पोट पोजेटिभ आएकी किसोरी लगायत अन्य चारै जनाको समेत यो पटक कोरोना रिपोट नेगेटिभ आएको जानकारी प्राप्त भएको छ । किसोरी भदौ ३ गते नेपालगंजबाट आएपछि हुम्ला पनि कोरोनाबाट अछुतो रहेको थिएन । सोही जहाजमा आएका अन्य केही व्यक्तिहरुलाई समेत कोरोना पोजेटिभ देखाएको थियो ।
हुम्लामा हालसम्म सात जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै थप सेफ आइसोलेसनमा रहेका व्यक्तिहरुको भोलि नै स्वाफ संकलन गरि प्रदेश अस्पताल सुर्खेतमा पठाउने जिल्ला अस्पताल हुम्लाका सुचना अधिकारी भक्ति फडेराले बताउँदै भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस