बालगृहमा अलपत्र परेका हुम्लाका चार जना बालबालिकाको उद्दार

फिल्को मिसन

मंगलबार ४, कार्तिक २०७७
हुम्ला । केअर बालगृह र साहारा अन्तराष्ट्रिय बाल गृह काठमाण्डौमा अलपत्र परेका विभिन्न जिल्लाका ११ जना बालबालिकालाई उद्दार गरी गरेको छ । लामो समयदेखि बालबालिको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले ती बालबालिकालाई  परिवारको जिम्मा लगाइएको छ
उद्धार गरिएका मध्य ७ जना बालबालिकालाई जिल्ला बाहिर नेपालगंज, काठमाण्डौँमा रहेका आफन्तलाई बुझाइएको छ भने बाँकी हुम्लाका ४ जनालाई परिवारसंग पुनर मिलन गरिएको छ । गाउँका नातेदारले १२ कक्षा सम्म निशुल्क पढाई दिने भन्दै ४० हजार रुपैयाँ समेत लिएको खुलासा भएको छ ।
घरको आर्थिक अभावका कारणले गर्दा कापि कलम समेत किन्न नसक्ने अबस्थामा भए पछि आफन्ताले कुनै बालगृहमा लगिदिन्छु भने पछि मेरो छोरा लाई विश्वसा मानेर पठाएको हुम्लाका अदानचुली गाउँपालिका वडा नम्वर ५ का स्थानीय कुल टमटाले बताउनु भयो ।
बालबालिका ३ वर्षदेखि काठमाण्डौँको साहारा अन्तराष्ट्रिय बाल गृह होस्टेल र केअर बालगृह नामक, संस्थामा जोखिममा रहेका अवस्थामा रहेका थिए । बुढानिलकण्ठ वडा नम्वर ११ ले उद्धार गरेर हिमाली नवीन समाज संस्थालाई जिम्मा लगाएपछि बालबालिकालाई घरपरिवार संग पुनर मिलन गराएको हिमाली नविन समाजका पारिवारीक पुनर मिलन अधिकृत मंगल लामाले बताउनए ।
हुम्लाबाट बालबालिका ओसार पोसार हुन नदिनका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले पनि यसमा ध्यान दिनु पर्ने प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरिको आग्रह गर्नु भयो ।
जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरिका,खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शाही, सिमकोट गाउँपालिका २का वडाअध्यक्ष नरबहादुर भण्डारी र लगायतको अभिभावकको उपस्थितमा बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस