ताँजाकोट गाउँपालिकाले फेर्यो नयाँ झन्डा

बुधबार ५,कार्तिक २०७७
हुम्ला । वडा दशैलाई लक्षित गर्दै ताँजाकोट गाँउपालिकाले नेपालको राष्ट्रिय झन्डा प्रत्येक बर्ष झै यो बर्ष पनि झन्डा फराएको छ ।
ताँजाकोट गाँउपालिका उप( प्रमुख मन्जु बुढा नेपाल कम्युनिष्ट पार्टी हुम्लाका अध्यक्ष लाकेश जैसी लगायतको सहभागीतामा पुरानो झिकेर नयाँ झन्डा गाडेको हो । ताँजाकोट गाउँपालिका स्थापना देखि नै वडा दशैको बेला पुरानो झन्डा झिकेर नंया झन्डा फरफराउने र सबैलाई गाँउपालिकाको एउटा अनौपचारिक कार्यक्रम बिच शुभकामना आदन प्रदान गर्ने गरेको उपाध्यक्ष मन्जु बुढाले बताइन ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष लालकेश जैसी लाई प्रमुख अतिथि र उपाध्यक्ष मन्जु बुढाको सभापती अन्य संघ संस्थाका कर्मचारीहरुको उपस्तिथि रहेको गणेश मल्लले बताए