जडीबुटी सङ्कलन गर्न गएका एक जना बेपता

बुधबार ५, कार्तिक २०७७
हुम्ला । सिमकोट गाउँपालिका वडानं १को चुुवाखोला वनमा जटिवुटी खन्न गएका एक जना बेपत्ता भएका छन् । गएको असोजमहिनाको २० गतेका दिन जडीबुटी सङ्कलन गर्न गएका ३० बर्षिय धनबहादुर बुढा एक हप्ता देखि सम्पर्कमा आउन नसकेको खार्पुनाथ गाउँपालिका १ नम्बर निवासी दिप बहादुर शाहीले जानकारी दिए । जटीमासी (भुल्ते) लगायतका जडीबुटी सङ्कलन गर्ने भनेर केहि दिन अघि उनीहरु पाटनतर्फ लागेका थिए । तर जटिबुटि संकलन गर्न गएका साथीहरु फर्कपनि आजसम्म सम्पर्कमा नआएको अहिले सम्म अवस्था अज्ञात रहेको छ ।
चुवाँखोला सामुदायिक वनमा जटमासी खन्ने क्रममा वेपता भएको वेपताको बुढाका आफन्तले ठेहे प्रहरी चौकी लाई खोज्नको लागि आग्राह गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्य बहादुर सुवेदीले जानकारी दिए । उनका अनुसार वेपता बुढाको आफन्त र प्रहरी हल्दावारको नेतृत्वमा ५ जना प्रहरी जवानाहरु वेपात वुढाको खोजी गर्नु त्यसतर्फ प्रस्थान गरेको बताउनु भयो । स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय निकाय र जिल्ला प्रहरी कार्यलयमा अनुरोध गरेका छन् ।