ताँजाकोटमा ग्रामिण सडक संजाल उद्घाटन

जयपती ढकाल

विहीबार ६,कार्तिक २०७७
हुम्ला  ताँजकोट गाउँपालिका वडा नम्बर चार स्थित पैमा हुँदै सिरुपाटा क्रमश गोठेलवाडा सम्म जोड्ने मोटरबाटोको उद्घाटन गरिएको छ।
उपप्रमुख मन्जु बुढा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्ला जिल्ला अध्यक्ष लालकेश जैसिले रिवन काट्दै गाडिलाइ फुलमाला र बाजाघाजाको साथ उद्घाटन भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशिले खुसी आँसु झार्दै आफ्नो सँघर्ष योगदान अनेकौं चुनौतीका बाबजुद पनि केन्द्र प्रदेश सँगको हार गुहार कटिबद्ध तरिकाले आफ्नो जनताको अतुलनीय बिश्वासलाइ टुट्न नदिन अहोरात्र खटिएको बताए ।
ताँजाकोट गाँउपालिका वडा नम्बर चार र पाँच समेट्ने गरि गाउँ गाउँ टोल(टोल सबैको समस्याहरु समाधान हुने र शहर बिकास हेरेर शिक्षित युवाले सुझाव दिएर सहयोग गर्न सह(इन्चार्ज गोपाल बुढालाइ आग्रह गरे ।बिबादास्पद सडकहरुमा एउटा उखान बाटै व्याङ्या “राती सुत्ने बेला एक दुई मक्षेर उपायले नखाए केको निद्रा “ भन्दै नेपाल कम्युनिष्ट पार्टी प्रदेश कमिटी सचिवालय सदस्य खार्पुनाथ गाँउपालिका इन्चार्ज सुरेन्द्र कार्कीले युवालाइ चेताउनी दिई सुघारिन आग्रह गरेका थिए ।
विभिन्न तह र तक्ताका अतिथी सो कार्यक्रममा बोल्दै हर प्रयास योगदानको लागि अरोरात्र खटिएर आफ्नो बिकासको लागि लाग्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।
पैमा सिरुपाटा रोड उद्घाटन कार्यक्रमको संचालक झलक ढकाल सभापति वडा नम्बर चारका वडाअदक्ष्य धनलाल जैसी प्रमुख अतिथी गाँउपालिका उपाध्यक्ष मन्जु बुढा ,बिशेष अतिथी नेकपा जिल्ला अध्यक्ष लालकेश जैसी प्रदेश कमिटी सदस्य खार्पुनाथ इन्चार्ज सुरेन्द्र कार्की ,गोपाल बुढा नेकपा गाउँ कमिटी अध्यक्ष पुर्ण प्रसाद ढकाल ,बिरमान खड्का ,परिमल सुनार असोकलाल सार्की ,नरदिप थापा ,नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य मक्क थापा,सुरेन्द्र थापा,नेपाल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सदस्य ताँजाकोट गां पा सह( संयोजक जयपती ढकाल जिल्ला कमिटी सचिवालय सदस्य जयराम बोगटी लगाए गाँउपालिका कर्मचारीहरु अन्य भादृसंघ संगठनको बाग्लो उपस्तिथि रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस