नेकपामा गुटको कारणले कुटाकुट एक जनाले ज्यान गयो

फिल्को मिसन

शुक्रबार ७,कार्तिक २०७७

पर्सा। नेपाल कम्युनिष्ट पार्टी नेकपाको शपथग्रहण कार्यक्रममा कुटाकुट भएको छ । नेकपाको ओली र प्रचण्ड गुटबीच भएका झडपमा एकजनाको ज्यान गएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर–५ परसौनी भाटामा विहीवार पार्टी समायोजनपछि भएको सपथग्रहण कार्यक्रमा दुई पक्षबीच झडप हुँदा पार्टीका सो गाउँपालिका सचिव मुकेश चौरसिया निधन भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिएका छन्। ् ।
नेकपाले बिहीबार गाउँपालिकाको वडा नम्बर ५ पर्सौनीभाठामा गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले विरोध गरेपछि झडप भएको थियो । झडपमा परेर दुवै पक्षका कयौं घाइते भएका थिए।
प्रहरीले झडपका क्रममा केही व्यक्तिलाई पक्राउ गरेको छ। चौरासिया तत्कालीन माओवादी केन्द्रबाट गाउँपालिकामा वडा नं. २ को वडा अध्यक्षका उम्मेदवार समेत थिए ।

प्रतिक्रिया दिनुहोस