मृत्यक बुढाको लाश नभेटे पछि पुल्ता बनाएर अन्त्यष्टि

फिल्को मिसन

शुक्रबार७,कार्तिक २०७७
हुम्ला । एक हप्ता देखि बेपत्ता भएका मृत्यक धनबादुर बुढाको लाश नभेटिपछि पुल्ता बनाइर शुक्रबार विहना खार्पुदोभमा अन्त्यष्टि गरिको छ ।
खार्पुनाथ गाउँपालिका वडा १ निवासी ३० वर्षिय मुत्यक बुढाको लाश भेटिएको भएपनि पालापानी कर्णाली नदीको विच भेलमा अडेकीएर रहेको अवस्वथामा उद्धार गर्न नसक्दा आज पुत्ला बनाएर खार्पु दोभानमा अन्त्यष्टि गरीएको हो ।
सिमकोट गाउँपालिका वडा एकमा कालापानी वन क्षेत्रको कर्णाली नदिमा बुढाको शव देखिएको तर उद्धार गर्न नसक्दा मृतक बुढाको स्वरुप बनाएर आज हिंन्दुपरम्परा अनुसार अन्त्यष्टि गरीएको अनेरास्वीयुका सचिवालय सदस्य सुर्य बहादुर ऐडिले जानकारी दिनुभयो । बुढाको आजै नेकपा वडा कमिटीले अन्त्यष्टि गरेको हो । मृतक बुढा असोज २० गते जडिबुटी संकलनका लागी चुवाखोला वनमा क्षेत्रमा हानिएका थिए । दशैंमा खर्च जुटाउन पाटन तिर जडिबुटी (भुल्ते )संकलन गर्न गएका बुढा आफै फिर्ता नभएको उनका आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस