आज महाअष्टमी पर्व, दुर्गाभवानीको विशेष पूजा आराधान गरी मनाइँदै

फिल्को मिसन

शनिबार ८, २०७७, कात्तिक २०७७

हुम्ला । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ । बडादशैँको आठौं दिन आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।
आजैका दिन राति कालरात्रि मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

आजका दिन हुम्लामा पनि बिभिन्न शक्तिपीठहरु ठेहे राम्पला, खार्पुनाथको भुवनी,सिमकोट काल्ताशिल्ता,पुउसोको भुवानी लगयताका मन्दिरमा पनि भीड लाग्ने गरेकामा यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण विधिपूजा मात्रै हुनेछ ।
महाष्टमीका दिन हरेका दशैंँघरमा आजको दिन कलपुर्जा, हातहतियार र गाडीलाई सरसफाइ गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस