हुम्लाका महिलालाई निःशुल्क सेनेटरी प्याड सहयोग

फिल्को मिसन

सोमबार १०कार्तिक २०७७
सिमकोट।हुम्लाको उत्तर नाम्खा गाउँपालिकाका एक सय पचास जना महिलालाई निःशुल्क सेनेटरी प्याड सहयोग गरीएको छ ।
नाम्खा गाउँपालिका वडा नम्बर १ मा रहेका दुई सय चालीस घरधुरी मध्येका १३ वर्ष उमेर माथि देखि ४० वर्ष कम उमेर भएका एक सय पचास जना महिलालाई निःशुल्क सहयोग गरीएको हो ।
हुम्लाका दुरजराजमा रहेका युवती तथा महिलाहरु महिनावारीको समयमा गाउँघरकै परम्पराअनुसार काम चलाउँदै आएका छन् । सेनटरी प्याड, वा कपडा कुनै पनि साधन प्रयोग नगर्ने भएका कारण उनीहरुको बानी बसाल्नको लागी काठमाण्डौँमा रहेको माउण्टेन चिल्ड्रेन संस्थाले निशुल्क सहयोग गरेको वडाध्यक्ष प्रेम लामाले जानकारी दिनुभयो ।
विद्यालयमा अध्ययनरत केही छात्रा र सदरमुकाम सिमकोट बाहेक अन्य ग्रामिण वस्तिमा रहेका हुम्लाका महिलाहरुले सेनेटरी प्याडको कमै मात्र प्रयोग गर्ने गरेको पाइएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।
यस्तै दुई सय चालीस घरधुरी रहेको वडा १ को धिगाँ र गाडापारि गाउँमा प्रति घरधुरीलाई सरसफाईका सामाग्री सहयोग गरीएको छ । सोही संस्थाले वडा कार्यालयको समन्वयमा वडा १ का प्रतिघरलाई एक वाल्टिन, एक पानी फिल्टर सहयोग गरेको वडाध्यक्षले लामाले बताउनुभयो । वडा १ मा रहेका अन्य गाउँका नागरीकलाई पनि सरसफाईका सामाग्री सहयोग गरीएको उनले बताउनुभयो । –––दाने बोहरा

प्रतिक्रिया दिनुहोस