विश्वमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ३ करोड १८ लाख

सोमबार १०,कार्तिक २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५८ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार पछिल्लो ११ महिनामा कोरोना सङ्क्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५८ हजार ७ सय ७० पुगेको छ । हालसम्म कोरोनाका कारण विश्वभर सङ्क्रमितको संख्या ४ करोड ३३ लाख नाघेको छ भने ३ करोड १८ लाखभन्दा बढी स्वस्थ भएका छन् ।