सदरमुकाम सिमकोट सुनसान: गाउँमा भने दशैको धुमधाम :( फोटा फिचर)

फिल्को मिसन

सोमबार १०,कार्तिक २०७७
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा सुनसान भएको छ भने दशैको टिका लगाउने गाउँमा भने धुमधाम मनाएका छन । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेले बिहान१०ः१९ बजे उत्तम साइतमा टीका लगाएका छन् तर आज साँझ सम्म नै टीका लगाउन सकिने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

                                बसन्त रोकायाको फेसबुक बाट साभर

जिल्ला सदरमुकाम सिमकोट भने सुनसान बन्दै गएको छ । यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा बिदा पछि कर्मचारीसमेत बाहिरिएपछि सदरमुकाम सिमकोट सुनसान बनेको हो ।
रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएका चाडबाडका लागि गाउँ फर्केपछि यहाँका गाउँवस्तीमा भने निकै चहलपहल छाएको ताँजकोट गाउँपालिका  वैज्ञानी शर्माले बताए । “कामको सिलसिलामा गाउँ छोडेर गएका अहिले कोरानाका कारणले धमाधम गाउँ फर्किएपछि दशैँको निकै चहलपहल बढेको छ उनले बताए।”
सदरमुकाम बाहिरका गाउँमा भने चहलपहल निकै बढेको छ । ग्रामीण क्षेत्रका दर्जनौ गाउँमा युवापुस्ताले कतै भलिवल कतै फुटबलको आयोजका रमाइलो गरिरहका छन भने कतै आफन्ता संग भेट गरिएको सर्केगाड गाउँपालिका रोडिकोटगाउँका स्थानीय राजेन्द्र कार्किले बताए ।गाउँमा निकै रमाइलो भएको छ, गाउँबाट बाहिरीएका सबै गाउँघरमा कोरोना भाइसरकै कारणले फर्किएका छन् बताए ।
दशैँसँगै गाउँमा सांस्कृतिक कार्यक्रमको रौनकसमेत पनि बढेको छ । गाउँका स्थानीय युवा क्लब र विभिन्न सहरमा बस्ने गरेका विद्यार्थीहरुले गाउँ फर्केपछि रमाइलो गर्ने उद्देश्यले गाउँमा दशैँको अवसर पारेर सांस्कृतिक कार्यक्रम गरेका छन ।

विभिन्न सामाजिक संजाल फेसबुक बाट साभर गरिएको

प्रतिक्रिया दिनुहोस