चन्द्रमाको सतहमा पानी भेटियो,मानव बस्तिको सम्भावना

एजेन्सी

मंगलबार ११, कार्तिक २०७७
एजेन्सी । चन्द्रमाको सतहमा पानी रहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पुष्टि गरेको छ । चन्द्रमाको घाम लाग्ने ठाउँमा पानी पाइएको नासाले उल्लेख गरेको छ । यसको अर्थ चन्द्रमाको घमाइलो सतहमा मानव बस्ती विकास गर्न सकिन्छ ।
नासाले क्लेभियस क्रेटरमा पानीको अणुहरू (ज्द्दइ) भेट्टाए, जुन पृथ्वीबाट देखिने सबैभन्दा ठूलो क्रेटरहरू मध्ये एक हो । पानी भेटिएको ठाउँ चन्द्रमाको दक्षिणी गोलार्धमा अवस्थित रहेको नासाले जनाएको छ । चन्द्रमाको सतहको अघिल्लो अवलोकनहरूले हाइड्रोजनको केही प्रकार पत्ता लगाएको थियो, तर पानी र यसको नजिकको रासायनिक सापेक्षिक हाइड्रोक्सिल (इज्) बीच फरक छुट्याउन असमर्थ रहदै आएको थियो । एक घनमिटर चन्द्रमाको सतहमा १२ बोतल पानी बराबरको वाटर मलिक्यूल्स रहेको पाइएको नासाले बताएको छ ।
पत्ता लागेको पानी तरल अवस्थामा नभए पनि हिउँ बनेको अवस्थामा पनि नरहेको हो । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस