एक कल फोनको लागि रातभरी जाग्राम

फिल्को मिसन

मंगबार ११,कार्तिक २०७७
हुम्ला । हुम्ला चखेली गाउँपालिका वडानं ५का नेप्का गाउँका स्थानीयवासी इन्टरनेटबाट आफन्तसँग कुरा गर्न रातभर जाग्राममा बस्ने गरेका छन्।
दुर्गम गाउँमा टेलिकम सेवा नहुँदा त्यहाँका स्थानीयवासी आफन्तसँग कुराकानी गर्न रातभरी जाग्राम बस्नु पर्ने बाध्यको भएका हुन् ।
गाउँका बासिन्दाहरू आफन्तसँग कुरा गर्न कि त दुई दिन हिंडेर जानुपर्छ कि त रातभरी जाग्राम बसेर इन्टरनेटमा कुरा गर्नका लागि लाइनमा बस्नुपर्नै नेप्काका स्थानीय हर्कधन तामाङल बताउनु हुन्छ ।
स्वास्थ्य चौकीमा रहेको बल्र्डलिंकको इन्टरनेट सेवा पनि भरपर्दो नभएकाले दिनभरी घाम लाग्दा रात्तीको समयमा कुरा गर्न सकिने बताए ।
गाउँमा भएको वर्ल्डलिक सेवा पनि दिउँसो सोलार चार्ज भएपछि मात्रै इन्टरनेट चल्छ । तर गाउँमा टेलिफोन सेवा विस्तारको लागि हामी पहल गर्छौ भनकोे अहिले सम्म नेताहरूको ध्यान गएन ।टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा धेरैपटक हारगुहार गरेका पनि अरु सिवाई नलागेको नेप्काका स्थानीय निराश बनेका छन् ।

प्रतिक्रिया दिनुहोस