नेपाली सेनाले रारातालको सरसफाई

खड्क सुनार

मंगलबार ११,कार्तिक २०७७
मुगु । कोरोना महामारीले नेपालका प्रमुख पर्यटकीय स्थल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या न्यून छ । प्रमुख पर्यटकीय स्थलमध्ये राराताल क्षेत्रको विकास र प्रचारका लागि नेपाली सेनाले पहल थालेको छ । नेपालकै सबैभन्दा ठूलो तालका रुपमा परिचित रारा केही समय कोरोनाका सुनसान थियो । सरकारले लकडाउन खुकुलो पारेपछि पछिल्लो समय रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । विस्तारै लयमा फर्किंदै गरेको राराको फोहोर सफा गर्न नेपाली सेनाको श्रीदल गुल्मले तालवरिपरि सफाइ सुरु गरेको छ । रारातालभित्रका विभिन्न प्लास्टिकजन्य वस्तु र सिसा संकलन गरी नष्ट गरेको सेनाको श्रीदल गुल्म मुगुका गुल्मपति प्रतीकसिंह कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस