हुम्लाको ताँजकोट गाउँपालिकाले पाँच दिन सम्म सिल

जयपति ढंकाल

मंगलबार ११,कार्तिक २०७७
हुम्लाको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागी आप्mना अन्तर गाउँपालिका सबै नाकाहरु बन्द गरेको छ ।
गाउँकार्यपालिकाले कात्तिक ११ गतेको निर्णय अनुसार देशमा कोरोना संक्रमण बढ्ने क्रमजारी रहेकाले आउँदै गरेको विजया पूर्णिमाको समय अवधिभर मानिसको भिडभाड बढी भएकोले आफ्ना माताहातका नाकाहरु बन्द गरीएको ताँजाकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विशाल ढकालले जानकारी दिनुभयो । ढकालकाले भन्नुभयो, “बाजुरा जिल्लाको कवाडी नाका, मुगु जिल्लाको तिर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने यि मुख्य नाकामा पाँच दिनका लागी आवतजावतमा बन्द गरीएको छ ”। दशैँको समयमा अन्तरजिल्लाबाट हुम्लाको ताँजाकोट गाउँपालिका भएर आवतजावत कोरोना संक्रमण हुनसक्ने डरले पालिका प्रवेशमा बन्द गरीएको हो ।
कोरोना संक्रमणको सम्भावित खतरालाई मध्यनजर गर्दै गाउँपालिका सिल गर्ने निर्णय गरिएको ताँजाकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस