भारतीय गुप्तचर गोयलसंग भेटवार्ताले प्रधानमन्त्री ओलीको पार्टीभित्रैबाट आलोचना

बुधबार १२,कार्तिक
काठमाण्डौ । भारतीय जासूसी संस्था रिसर्च एन्ड इन्टेलिजेन्स विङ्स (रअ) का प्रमुख सामन्तकुमार गोयलसंग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्तालाई कूटनीतिक मर्यादा विपरीत र राष्ट्रिय स्वाभिमानमा आँच आएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धारमा देखिएको छ।
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अब बस्ने पार्टीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयलाई फेरि व्यूँताउने तयारी गरेको छ ।
भारतीय गुप्तचर गोयलसँग मध्यरातिसम्म बालुवाटारमा भेट गरेको र यस बारेमा पार्टीमा कुनै पनि समन्वय नगरेको भन्दै असन्तुष्ट पक्षले तत्काल बैठक बोलाउन माग गरेको छ । यद्यपी उपप्रधान मन्त्री इश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रूपमा रअ प्रमुख गोयल नेपाल आएको टिप्पणी गर्नुभएको थियो । त्यसो भएको भए पनि प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा विपरित गोलसँग भेट गरेको नेकपाको असन्तुष्ट पक्षको बुझाइ छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठकको निर्णय उल्लङ्घन गरेका कारण आगामी बैठकमा यसबारेमा गम्भीर छलफल गरिने नेकपाका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले बताए ।