विधानसभा चुनाव : कोरोना महामारीकाबीच बिहारमा मतदान शुरु

ऐजेन्सी

बुधबार १२,कार्तिक २०७७
ऐजेन्सी । आज बुधबार भारतको बिहारमा पहिलो चरणको विधानसभाको चुनाव हुँदैछ । कोरोना भाइरसको महामारीकाबीच भारतको बिहारमा आज विधानसभाको निर्वाचन शुरु भएको छ। २ सय ४३ सिट रहेको विधानसभाका लागि आज पहिलो चरणको मतदान शुरु भएको हो।
पहिलो चरणमा हुने ७१ सिटका लागि १ हजार ६६ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा झन्डै २ करोड १४ लाखभन्दा बढी मतदाताले भोट खसाल्ने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । १६ जिल्लामा हुने पहिलो चरणको चुनावका लागि कोरोना महामारीलाई ध्यानमा राखि स्वास्थ्य मापदण्ड लागू गरिएको छ । चुनावमा आरजेडी, एलजेपी, आरएलएसपी, जेडीयू, बीजेपी, बीएसपी, काँग्रेस र एनसीपीले सहभागिता जनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस