कोरोना त्रासकै विचमा हुम्लाको नाम्खामा पढाइ सुरु

फिल्को मिसन

बुधबार १२,कार्तिक २०७७
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाका सबै विद्यालयमा बुधबारदेखि पठनपाठन सुरु गरेको छ । कोरोनाका कारण ७ महिनादेखि बन्द रहेका विद्यालय खोल्ने निर्णय गरिएको हो कोरोना भाइरसको संक्रमण बढ्न थालेको ६ महिना भइसकेको छ । कोरोनाकै कारण सबै भन्दा धेरै प्रभावित शिक्षा क्षेत्र असर परेको छ ।
नाम्खामा १६ सामुदायिक विद्यालय र एक धार्मिक विद्यालय (गुम्बा) गरि १ हजार६० जना विद्यार्थी अध्ययनरत रहेको महाबौद्ध माविका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाले बताए ।
गाउँपालिकामा कोरोनाको जोखिम नरहेको र दसैं–तिहारको बीचमा विद्यालय संचालन गर्नै अभिभावकहरुले आग्रह गरेपछि गाउँपालिकाले बैठक बसि विद्यालय संचालन गर्ने निर्णय गरेको नाम्खा गाउँपालिका अध्यक्ष बिष्णु लामाले बताउनु भयो । उहाँका अनुसार बाहिरबाट अध्ययन गर्न आउने विद्यार्थी र शिक्षक लाई पीसीआर परीक्षण अनिवार्य गर्ने निर्णय भएको बताए ।
हुम्लामा सामुदायिक विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन गर्ने संचार सेवा नभएपछि बाध्य भएर विद्यालय खोल्नुपरेको अध्यक्ष लामले बताउनु भयो । अझै कुनै पनि विद्यालयमा भर्ना नभइकन घरमा त्यसै तनाबमा वस्ने बालबालिका धेरै छन् । संघीय सरकारले बिद्यार्थीको यो शैक्षिक सत्र खेर जान नदिन निर्देशिका पनि जारी गरेको छ । तर, त्यस अनुसार हुम्लाको उतरी नाम्खा गाउँपालकामा रहेका बिद्यालयमा पठन पाठन सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस