२४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना बाट मृत्यु

शुक्रबार १३,कार्तिक २०७७
काठमाण्डौ । पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ हजार ५ सय १७ जनामा कोरोना सङक्रमण देखिएको छ भने कोरोनामुक्त भएर ४ हजार ९६ घर फर्किएका छन् । काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
आज काठमाडौंमा १ हजार ५ सय ८, ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जनामा कोरोना पोजिटिभ देखिएको हो । योसँगै सङ्क्रमितको कुल संख्या १ लाख ६८ हजार ३ सय ३५ पुगेको छ । २४ घण्टामा १४ हजार ९ सय ८९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना सङ्क्रमित ३८ हजार ३ सय ५७ जना छन् भने २ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।