सल्यान सिडिओ कार्यालय एक हप्तासम्म सिल

शुक्रबार १३,कार्तिक २०७७
सल्यान। जिल्ला प्रशासन कार्यालय सल्यान एक हप्ताका लागि सिल गरिएको छ।
कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने नागरिकता लगाएतका सम्पूर्ण सेवा कात्तिक १३ गतेदेखि कात्तिक २० गतेसम्म स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बुधबार एक विज्ञप्तिमार्फत् कार्यालयमा अत्याधिक भिडभाड हुने हुँदा त्यसले सेवाग्राहीमा समेत कोरोना संक्रमनको जोखिम बढने हुँदा कार्यालय बन्द गरिएको छ ।
विभिन्न मितिमा संकलित स्वावको पिसिआर परीक्षण गर्दा केही कर्मचारीमा कोरोना पोजिटीभ देखिएको एक साताका लागि सेवाहरु बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बताए।लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा, मुद्धाको सुनुवाइ तथा विपद् व्यवस्थापनसम्बन्धी बाहेकका अरू सबै सेवाहरू स्थगित गरिएको जानकारी दिएका छन । कोरोना पोजिटिभ देखिएका कर्मचारीहरूलाई आइसोलेसनमा राखिएको र कोरोना बाट जोगिनको लागि सावधानी अपनाउन जिल्लाबासीमा आग्रहसमेत गरेका छन्।