श्रीमान श्रीमती विच विवाद हुँदा विष सेवन

शुक्रबार १२,कार्तिक ०७७
हुम्ला । हुम्लाको सिमकोटगाउँपालिका ३का श्रीमान श्रीमती विच विवाद हुँदा एक जना महिलाले विष सेवन गरेका छन् ।
वडा ३ बरगाउँको लाङ्गदु गाउँका २५ वर्षिय नन्दरुपा सुनारले आज विष सेवन गरेको जानकारी प्राप्त भएको छ ।
२५ वर्षिय सुनारले विष सेवान गरेको केही समय पछि उपचारका लागी जिल्ला अस्पताल हुम्ला ल्याएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।
जिल्ला अस्पतालमा उपचाररत सुनारको अवस्था सामान्य रहेको बोहराले बताउनुभयो ।
श्रीमान श्रीमति विच विवाद हुादा विष सेवन गरेको जनाइएको छ । विष सेवनबाट बेहोश सुनारको उपचारका लागी जिल्ला अस्पताल हुम्लामा ल्याइएको छ ।