कोभिड (१९) संक्रमितको निःशुल्क उपचारका गराउन सरकासंग नेकपा विप्लव नेतृत्वको माग

फिल्को मिसन

शनिबार १ं५,कार्तिक २०७७
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोभिड(१९ संक्रमितको निशुल्क उपचारको माग गरेको छ।
सरकार संक्रमितको उपचारबाट पन्छिएर अमानवीय क्रियाकलापमा लागेको भन्दै नेकपाले आन्दोलन गर्ने निर्णय गरेको हो । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेत्रविक्रम चन्द्र विप्लव समुहले) कोरोना भाइरसको संक्रमण पोजेटिभ भएका व्यक्तिको निःशुल्क उपचार गराउन तीनै तहका सरकारलाई माग गरेको छ ।
पछिल्लो समय नेपाल सरकारले लक्षण नदेखिएका संक्रमितको उपचार खर्च स्वयम् आफैले व्यहोर्नु पर्ने निर्णय गरेर सवत्र्र आलोचना र्भरहेका वेला देशभर एक पटक कोणसभाको आयोजना गरेर विप्लव समुहले यस्तो आग्रह गरेको हो ।
पार्टीको केन्द्रिय निर्णय अनुसार हुम्ला जिल्लाका स्थानीय तहमा कोणसभाको आयोजना गर्दै नेकपा विप्लव समुह हुम्लाले पनि स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकारसँग माग गरेको हो ।
स्वास्थ्य उपचार गर्ने पाउने नागरिकको हक संवैधानिक भएको उल्लेख गर्दै नेकपा विप्लव समुहले सबै नागरिकको निशुल्क कोरोना परिक्षण र संक्रमित भएका नागरिकको निःशुल्क उपचारको व्यवस्था गराउन आग्रह गर्दै पार्टी जिल्ला सेक्रेटरी विश्वद्धिपले बताउनु भयो ।
सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गरेको छ ।
कात्तिक १५ गते कोणसभा आयोजना गरेका छन भने १७ मा पर्चा वितरण र २० गते विरोध जुलुस गर्ने नेकपाको कार्यक्रम तयारी भएको पार्टी जिल्ला सेक्रेटरी विश्वद्धिपले बताए ।

प्रतिक्रिया दिनुहोस