हुम्ला विमानस्थल पुन कालोपत्रे बन्दै

फिल्को मिसन

आइतबार १६,कार्तिक २०७७
हुम्लाको सिमकोट विमानस्थलमा असोज महिनाबाट पुन कालो पत्रे गर्ने कार्य चलिरहेको छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवेय क्षेत्रमा कालो पत्रे गर्ने कार्य अहिले पनि जारी रहेको छ । ६ सय ५० मिटर लम्बाई २० मिटर चौडाई रहेको सिमकोट विमानस्थलमा झण्डै एक महिना देखि काम जारी रहेको छ ।
एप्रोन तथा पार्किङ १०० मिटर, हेलिप्याड ४० मिटर रहेको छ भने यि सबै क्षेत्रको कालो पत्रे गरिने भएको हो । विमानस्थलको रनवेय, एप्रोन अर्थात जहाज पार्किङ, हेलिप्याड लगायतका सबै क्षेत्रमा कालो पत्रे गरिने भएको छ ।
रनवेएको करिब ४ सय मिटर भागमा कालो पत्रे कार्य सकिएको र बाँकी रहेको भाग १५ दिन भित्र गरी सक्ने विमानस्थलका इन्जिनियर अजय कुमार गुप्ताले जानकारी दिनुभयो ।
इन्जिनियर गुप्ताले भन्नुभयो, “विमानस्थलको रनवेय क्षेत्रको भागमा कालो पत्रे गर्ने कार्य सकिएपछि हेलिप्याड, एप्रोन तथा पार्किङ् भागमा पनि गरिने भएको छ” । विमानस्थललाई यसभन्दा पहिला नै कालो पत्रे गरेको भएपनि रनवेय केही भागमा कालो पत्रे उप्किएका कारण पुन दुई इन्चको कालो पत्रे गरीएको हो ।”
प्रत्येकदिन विहान ६ बजेदेखि १० बजे सम्म हजाई जहाज उडान भर्ने भएका कारण १० बजे देखि बेलुका ६ बजेसम्म कामदारले कालो पत्रे गर्ने काम धमाधम गरीरहेको उहाँले बताउनुभयो । निर्धारित समयमा विमानस्थलको पिचिङ कार्य सम्पन्न गर्न निर्माण कम्पनीले आवश्यक सामाग्री तयारी अवस्थामा पारेपछि कामले गति लिएको हो । अलकत्राको काम गर्नका लागि तराईबाट कामदार ल्याएर विमानस्थलको पिचिङ गर्ने कार्य धमाधम भई रहेको निर्माण कम्पनी क्याराभान, गाल्भा जेभीका स्थानीय प्रतिनिधि बिजय लामाले बताउनुभयो । कामले दशै अवधिमा पनि निरन्तरता पाएको थियो ।
यसअघि नेपालगञ्जबाट हवाई जहाजमा अलकत्राका लागि आवश्यक सामाग्री ढुवानी गरेर ल्याईएको र अन्य सामान स्थानीय रुपमै तयार गरिएको थियो । विमानस्थलकै एक छेउमा अलकत्रा बनाउनेकार्य पनि बिहानैबाट हुने गरेको । विमानस्थल कालो पत्रेका लागी ९ करोड ९७ लाख बराबरको लगानीमा निर्माण कार्य भहिरहेको छ ।

प्रतिक्रिया दिनुहोस