अमेरिकामा ९४ लाखभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि

आइतबार १६,कार्तिक २०७७
एजेन्सी । अमेरिकामा ९४ लाखभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८६ हजार २९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै अमेरिकामा कोरोना सङ्क्रमित संख्या ९४ लाख २ हजार ५९० पुगेको छ ।
सङ्क्रमितमध्ये अहिलेसम्म ६० लाख ६२ हजार ४३८ जना सङ्क्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ३१ लाख ४ हजार ८० जनामध्ये १७ हजार २०८ जनाको अवस्था गम्भीर रहेको वल्र्डमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या २ लाख ३६ हजार नाघेको छ ।