हुम्ला जिल्लाका अधिकांस बिद्यालय सञ्चालन

फिल्को मिसन

आइतबार १६,कार्तिक २०७७
हुम्ला । हुम्ला जिल्लाका अधिकांस गाउँपालिका निर्णय अनुसार बिद्यालयहरु सञ्चालनमा आएका छन् । हुम्लाको उतरी नाम्खा,दक्षिण ताँजकोट,अदनचुली, चंखेली र सर्केगाढ गाउँपालिका निर्देशन अनुसार विद्यालय संचालनमा आएको जिल्ला शिक्षा विकास समन्वय समिती प्रमुख विष्णु बहादुर शाहीले बताउनु भयो ।
कोभिड १९ कोरोना भाइरसका कारण चैत्रबाट बन्द भएका बिद्यालयहरु करिब ७ महिना पश्चात गाउँकार्यपालीकाको निर्णय अनुसार संचालनमा आएका छन ।आइतबार बसेको सिमकोट गाउँपालिको बैठकले निर्णयकार्तिक १९ गते विद्यालयहरु संचालन गर्ने निर्णय गरेको छ भने खार्पुनाथ गाउँपालिकाले भने बाँकी छ ।
नाम्खा गाउँपालिकाले १२ गतेबाटै सञ्चालनमा ल्याई सकेकोमा आज देखी अदानचुली,ताँजाकोट,चंखेली र सर्केगाडले सञ्चालनमा ल्याएका छन् । ७ महिना बिद्यार्थीहरुको पढाई अबरुद्ध भएकाले हिउँदका सबै महिनामा कक्षा सञ्चालन गर्ने बताउँनु हुँन्छ अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा.बताउनु भयो । उता जिल्लाको तल्लो क्षेत्रमा भएको गाउँपालिका ताँजाकोटले पनि आजैबाट सबै बिद्यालयहरु सञ्चालनमा ल्याएको निमित्त प्रमुख प्रशासकिय अधिकृत लाल प्रशाद ढकाले बताए ।
कार्यपालिका पदाधिकारी, पालिकामा कार्यरत शिक्षकहरुको उपस्थितमा बसेको बैठकले विद्यालय सञ्चालनका लागी अनुमति दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी दिनुभयो । गत चैत महिनादेखि कोरोना कहरले बन्द रहेका सिमकोट गाउँपालिका भित्ररहेका सामुदायिक र संस्थागत २८ वटा विद्यालय सञ्चालनमा आउने भएका हुन् । आइतबार गाउँपालिकाको शिक्षा समितिको बैठक बसेर विद्यालयमा पठनपाठन गर्ने निर्णय गरेको हो । जिल्ला बाहिर रहेका शिक्षकलाई पीसीआर अनिवार्य गरेर जिल्ला प्रवेश गर्नुपर्ने, विद्यालयमा आइसकेपछि एक हप्ता अनिवार्य होम क्वारेन्टिनमा बस्नु पर्नेछ भने विद्यालयमा पनि सुरक्षा सावधानी अपनाएर पठनपाठन गराईने निर्णय भएको सिमकोट गाउँपालिकाले जानकारी दिएको छ ।
यस्तै जिल्लाको तल्लो भेगमा रहेको ताँजाकोट, चंखेली, र अदानचुली गाउँपािलिकाले आजबाट पठनपाठन कार्य गरीरहेको छ । कोरोना कहरमा सात महिना बन्द रहेका विद्यालयहरुले मंसिर महिनामा शैक्षिक शत्र सक्नुपर्ने भएका कारण साढे एक महिनाको अवधिमा धमाधम पठनपाठन गर्न थालिएको हो । मंसिर महिनामा हुम्लामा वार्षीक परीक्षा हुनुपर्ने हो तर अब पठनपाठन नभएको कारण चैत महिनामा वार्षीक परीक्षा गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
हुम्ला उच्च हिमाली जिल्ला सँगै मंसिर, पुष, माघ तीन महिना जाडो बढी हुनेभएका कारण मंसिरमा शैक्षिक संस्था बन्द भएर फागुन महिनाबाट नयाँ शैक्षिक शत्र शुरु हुनेभएका कारण आज बसेको गाउँकार्यपालिकाको बैठकले १९ गतेबाट विद्यालय सञ्चालन गर्ने अनुमति दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस