जिल्ला अस्पतालद्धारा १सय ९८जनालाई खोप सेवा

फिल्को मिसन

आइतबार १६,कार्तिक २०७७
हुम्ला ।  जिल्ला अस्पताल हुम्लाले १५ महिना भन्दा कम उमेरका १ सय ९८ जना बालबालिकालाई नियमीत खोप लगाएको छ । सरदुमकाम सिमकोट बजारमा बसोबास गर्ने, सिमकोट गाउँपालिका वडा ५ र ६ ५ का गर्भवती महिला बालबालिकालाइृ प्रत्येक महिनाको १५ गते लगाईने खोप हिजो शनिबार भएका कारण आज लगाइएको हो ।
जिलला अस्पताल हुमलाले एक सय ९८ जना बालबालिकालाई नियमीत खोप लगाइएको छ । प्रत्येक महिनाको १५ गते लगाइने खोप हिजो शनिबार भएका कारण आज लगाइएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो । सिमकोट गाउँपालिका वडा ५ र ६ सहित बजारमा बसोबास गर्ने १५ महिना भन्दा तलका बिालबालिका वद्यार्थीहरुलाई नियमीत खोप लगाइएको अनमी बोहराले बताउनुभयो ।
उक्त खोपले गर्भवति महिला र बालबालिकालाई विभिन्न रोग संग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले प्रत्येक महिनाको १५ गते लगाइदै आएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।
गर्भवति महिलालाई टिडी खोप लगाउँदा जन्मने बच्चा स्वच्छ तन्दुरस्तका साथ जन्मिने भएकाले यो खोप लगाइएको अनमी बोहराले बताउनुभयो । जिल्ला अस्पताल हुम्लाले आज विहान १० बजे देखि बेलुका ५ वजे सम्म खोप लगाएको हो ।

प्रतिक्रिया दिनुहोस