कर्णाली प्रदेशमा नेकपाको विवाद : तिन तिर संसद

आईतबार १६,कार्तिक २०७७
सुर्खेत । कर्णाली प्रदेशमा सरकार कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।
कर्णाली प्रदेश सभा सदस्यहरु ४० जना मध्ये ३३ नेपका ,प्रतिपक्ष नेपाली कांग्रेसका ६ जना र राप्रपाका १ जना प्रदेश सभा सदस्य छन् ।
त्यसमध्ये धर्मराज रेग्मी ओली निकट यमलाल कंडेल निकट छन् । थम्मरबहादुर विष्ट र पुष्पा घर्ती अविश्वासको प्रस्तावबाट पछि हट्दै शाहीकै पक्षमा पुगेका छन् ।राजबहादुर शाही सभामुख छन् भने पदम बहादुर रोकाय खुलिसकेका छैनन् । रोकाय जुम्ला जिल्लाको राजनीतिमा माधव नेपाल समुहका भनेर चिनिन्छन् ।यो समूहबाट ७ जनाले कंडेलको साथ छाडेका छन् । उनीहरुले ओलीको साथ भने नछाडेको बताएका छन् । त्यसमध्येका एक नेताले कंडेलकै कारण नेकपाभित्रको विवाद उत्कर्षमा पुगेकाले उनको साथ छाडिएको बताए ।