पूर्वसभामुख महराकी पत्नीको निधन,प्रधामन्त्रि वलि र अध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जली ब्यक्त

फिल्को मिसन

बुधार १९ कार्तिक २०७७
काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६ः२५ बजे उनको निधन भएको महराका प्रेस सहयोगी डिल्ली मल्लले जानकारी दिए।
नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।
सीता महराको जन्म २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा भएको थियो। कृष्णबहादुर महरासँग उनको विवाह २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्।वि.सं. २०१८ साउन १३ गते शुक्रबार जन्मिएकी उनको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्।
महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो। २०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल भएकी थिइन्।
सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गरेकी थिइन्।
      नेकपा अध्यक्ष र प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली
नेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षय पुष्पकमल दाहल प्रचण्डले महरा पत्नीको निधनप्रति दुख व्यक्त गरेका छन्। प्रधानमन्त्रिले ट्वीटमार्फत सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्  ।

अर्का नेकपाका अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत उनिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोककूल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । महरा लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । उनको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

दाहालले शोक वक्व्यमा भनेका छन्, ‘असल, सरल, मृदुभाषी, र जनताका बीच चाँडै नै घुलमिल गर्न सक्ने क्षमताकी धनी कमरेड सीता तत्कालीन नेकपा (माओवादी) द्वारा सञ्चालिन १० वर्षे महान् जनयुद्धमा सक्रिय रुपमा पार्टीका विभिन्न कमिटीहरुमा रही आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

प्रतिक्रिया दिनुहोस