कोरोना सङ्क्रमण ३ हजार ३०९ जनामा पुष्टि

फिल्को मिसन

बुधबार १९,कार्तिक२०७७
काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा सङ्क्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार ८४४ जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । देशभरी सक्रिय सङ्क्रमितको संख्या हालसम्म ३६ हजार ९११ छ ।

प्रतिक्रिया दिनुहोस