आफुले चुनाब जितिसकेको ट्रम्पको भनाइ, मतगणना भने जारी

फिल्को मिसन

बुधबार १९,कार्तिक२०७७

ऐजन्सी ।मतगणना जारी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गर्नुभएको छ । आज ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गर्दै उहाँले आफूहरु ठूलो जितको क्रममा रहेको बताउनुभयो । चुनावको अन्तिम नतिजा नआउँदै उहाँले जितको घोषणा गर्नुभएको हो । फ्लोरिडामा भने डोनल्ड ट्रम्पले दोस्रो पटक पनि जित हासिल गर्नुभएको छ । फ्लोरिडा ट्रम्पको गृहराज्यजस्तै बन्न पुगेको छ । ट्रम्पको लागि परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेका स्थानबाट राम्रो नतिजा आयो भने जो बाइडनको समर्थन रहेको ठानिने हिस्पानिक मूलका मतदाताहरूबाट समेत राम्रो मत प्राप्त भएको छ । अमेरिकामा राष्ट्रपतिय निर्वाचनको मत गणना भने जारी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस