हुम्ला औषधि बेच्छ र रक्सीमा डुब्छ

          दामोदर पुडासैनी ‘किशोर’

ढोका नखोलेसम्म देख्‍न सकिँदैन सम्भावना कतै पनि

बुधबार १९,कार्तिक२०७७

हुम्लाभित्र जीवन खोज्दैछु म । जीवन रहनु संभावना रहनु हो, गति शुरु हुनु हो । जिन्दगी, सबैको एकनास हुनुपर्छ भन्ने छैन । स्थान सबैतिर उस्तै हुनुपर्छ भन्ने छैन । हामीहरु आफ्नै आँखाले मात्र हेर्न रुचाउँछौं सबैतिर । आफ्नैजस्तो हुनुपर्छ भन्ने ठान्छौ सबैतिर । त्यही हेराइको उपजले अपहेलित भइन् हुम्ला आजसम्म । उनको जीवनलाई बुझ्दै नबुझी उनी धराशायी भएको घोषणा गरे कत्ति बुझक्कड भनाउँदाहरुले । आफ्नैतिरको जस्तो हुनुपर्छ सबैकुरा भन्ने धारणाले गणनानै गरेनन् हुम्लाका सम्भावनाहरुको । हुम्ला जलले जागेकी छिन्, जडिबूटीले भरिपूर्ण छिन्, जाँगरिला जनले परिपूर्ण छिन्, तैपनि ठगिइन् सधैं शक्तिहरुबाट, पेलिइन् सधैं सत्ताहरुबाट ।

अबोध सुन्दरीले बलात्कारको पीडा खप्न बाध्य बनेझैं छिन् हुम्ला ।

स्थानीय रङ्ग र स्थानीय तरङ्गलाई उम्दा बन्न नदिएसम्म उज्यालो हुँदैन संसारको मुहार ।हुम्ला, तिमीलाई बेसरी गिजोलेछन्, बलबुताले भ्याउनेहरुले । र, आरोप लगाए ग्वाँजे र अशक्त भनेर । हुँदा खाँदाको चमक बिगारिदिएपछि के हुन्छ रु भएका उन्नत अवयवहरु बिगारेर आयातित परिधान र पाखण्डले छोपिदिएपछि के हुन्छ, त्यस्तै पारेछन् तिम्रो स्पर्शको फाइदा उठाउनेहरुले । तिमी त सोझी । टाठाबाठाले जे भने त्यसैमा बहकियौ । अहिले न आफू जस्ती न अरु जस्ती सिमकोट बनेर बाँचिरहिछ्यौ बरा ।

आयातित स्रोत र साधनले सजिएको ठान्नु भन्दा मेकअप नगरेकै बेस । मेकअप गरेर नक्कली मयुर बन्नुभन्दा प्राकृतिकपनमा खुल्नु कत्ति हो कति राम्रो ।

संसारमा दुर्गम भन्ने केही छैन । कुनै ठाउँलाई दुर्गम भन्ने कुनै नापो छैन । राजधानीबाट कर्णाली पुग्न बढी समय र श्रम खर्चिनुपर्छ भन्दैमा कर्णाली प्रदेशलाई दुर्गम भन्ने रु त्यसो त कर्णालीको आँखामा काठमाडौं पनि दुर्गम हो नि । राजधानीबाट टाढा हुँदैमा दुर्गम हुने भए संसारमा असंख्य ठाउँहरु ग्वाङ्ग्रा हुन्थे, असंख्य भेगहरु गतिछाडा हुन्थे । जापानको आँखाले अमेरिका दुर्गम मान्ने हो भने अमेरिकाको आँखामा दुर्गम हो जापान । सबै आ—आफ्नै ठाउँमा सुसज्जित छन् आफ्नै कलेवरले । सबै आ–आफ्नै स्रोतले सम्पन्न छन् प्राकृतिक दृष्टिमा । पानी हुँदैमा कहाँ हेप्न मिल्छ समुद्रले पहाडलाई । पहाड हुँदैमा कहाँ बुङ्चे ठान्न पाउँछ पहाडले तराई र समथरलाई । दुर्गम र सुगम शासकहरुले खेल्ने खेलाउने नारा मात्र हो, अरु केही होइन ।

राज्यको अघिल्तिर समान हुनुपर्छ सबै प्रदेश । कसैलाई सुदूरको उपमामा कहाँ पाइन्छ जकड्याइरहन रु त्यसो हो भने त शरीरका कुनै अङ्गलाई नजिकको कुनैलाई टाढाको व्यहार गरे भैगयो नि ।

प्रकृतिको नजरमा ब्रहमाण्डका कुनै पनि ठाउँ सुगम र दुर्गम छैनन् । हुम्ला, शासकहरु तिम्रै काख पोल्टामा बसे । फापर, कोदो, चिनु, कागुनु, सिस्नु र जडिबूटीमा बाँचिरहेकी तिमीलाई हवाइजहाजबाट ल्याएको चामल चखाए । र, भने– ‘चामल मात्र उम्दा खानेकुरा हो ।’ आफ््नै भेडा, बाख्रा र च्याङ्ग्राका ऊन कातेर आङ्ग ढाकिरहेकी तिमीलाई जहाजबाट दुई चार जोर विदशी कपडा पहि¥याए । र, भने– ‘कस्तो सुहायो तिमीलाई ।’ तिमीले पत्यायौ र त्यही चामल र त्यही लुगाफाटामा रत्तिन थाल्यौ । बिर्सँदै गयौ आफ्ना श्रम, सीप र उत्पादन । रोप्न छोड्यौ आफ््ना बारीमा अनाजका लहरहरु । अचेत तिमी आकाशबाट जहाज आयो कि आएन हेर्न लालायित छ्यौ, लालायित मात्र होइन बाध्य छ्यौ ।

सडक निर्माणको नाममा पर परसम्म पहिराहरु देखिन्छन् तिम्रा कम्मर र पिठ्यौंहरुमा । सदरमुकाम बनाउँने नाममा सिमकोटको अब्बल उत्पादन हुने समथर जमिनमाथि ठड्याइएका रहेछन् सरकारी कङ्क्रिटका थुम्काहरु । पहाडमै जोडेर बनाएका भए विकासको नाममा कति राम्रा हुन्थे घर । विनास नगर्ने सोच हुनु पर्ने हो सरकारको, त्यो किन भएन रु विकासको नाममा प्रकृतिलाई हडप्ने, खोप्ने, कोपर्ने, पछार्ने, थुपार्ने गर्ने हो भने कसरी टिक्छ विकास रु कसरी सब्लाउँछ प्रकृति रु तिम्रो सौन्दर्यभित्र अक्षत सिर्जना थप्न सके पो बढ्छ मानव मूल्य । तिमी भित्रको अविघात लालित्य लहलह बन्न नदिने हो भने कसरी बढ्छ तिम्रो पहिचान रु

 

अरुका कुरा सुन्दै नसुनेर, अरुसँग हातेमालो गर्दै नगरेर, सबैैसँग एक्लिएर त कसैको उन्नति हुँदैन । सम्वन्ध बढाउने नाममा परनिर्भरता उन्नतिको बाधक हो । आफ््नै घर आँगनमा यथेष्ट खर खजाना हुँदा हुँदै अरुको सहायता माग्नु स्वत्व समाप्त गर्नु हो, सिर्जनामा खडेरी पार्नु हो । शासकहरुले अहिलेसम्म तिम्रा श्रोत र साधनहरुलाई उजिल्याएर अरु समक्ष पु¥याउने सोच गरेनछन् । खटाई खटाई चामल दिएको भरमा, दुई चारजनालाई भान्छे, हेरालु, पाले, चौकिदार, हुक्के र बैठके बनाएर सधैं गुन लगाएको बहाना रचेछन् । तिमी दाम्रिएको पेट छाम्दै साहेवहरुले घुटघुट पिइरहेका प्याला देखेर दङ्ग प¥यौ, परिरहिछ्यौ ।

तिमीसँग भएको ऊन र औषधि प्रशोधन गरेर अरुलाई पनि पठाइदिनु पर्ने हो । फापर, उवा, जौ, कागुनु, चिनो, सिस्नो र तीतेपातीलाई रुप परिवर्तन गरेर आफू खाने र अरुलाई बाँड्न उत्साह थप्न पर्ने हो । भेडा, घोडा, खच्चर र च्याङ्ग्राहरु बगाल बगाल ब्युँताएर पर परसम्म पु¥याउन पर्ने हो । तिम्रो काखमा शासक त आएर लुटपुटिए । तिमीलाई माया गरेझैं आफ्नो स्वार्थ पूर्ति गरे । तिमी बाठी भयौ भने नटेरौली भन्ने डर बढ्यो उनीहरुलाई । तिमी सुकिली भयौ भने आफ््नो हैकम चल्दैन भन्ने चिन्ता बढ्यो उनीहरुलाई । नत्र किन तिम्रो बारेमा कहिल्यै सोचेनन् शासकहरुले रु सधैं तिमीलाई असक्षमताको भूँमरीमा फसाईरहे उनीहरुले रु वर्षौं वर्ष चामलको चारा छरिरहनु भन्दा हिल्साबाटनै सही एउटा सडक खनिदिएको भए कति राम्रो हुन्थ्यो सरकारले ।

आफ्नो बारिमा फलेको अन्न खाँदा लाज मान्ने र आफ्नो आँगन भेट्नेबाटो सफा गर्न अल्छी मान्नेहरुले कहाँ सुख पाउँछन् र जिन्दगीभरि । सिक्ने नाममा संस्कारका सुकिला पक्षहरु छोड्नु घर न घाटको हुनेतर्फ उन्मुख हुनु हो, आफ्नै धराताल बिर्सदै जानु हो ।

भदौ अठार गते साँझ एउटा जमघट जम्यो जिल्ला प्रहरी कार्यालय हुम्लाका डि।एस।पी। रामप्रसाद श्रेष्ठको निवासमा । त्यहाँ सि।डि।ओ।, एल।डि।ओ।, प्रहरी अधिकृतहरुमाझ म पनि थिएँ । भनौं जिल्लाको प्रमुख प्रशासनिक संयन्त्र त्यही ब्युँतिएको थियो । मैले तिम्रो बारेमा तिनै कुरा उठाएँ । उहाँहरुले पनि समर्थन जनाउनु भयो । तर बिरालाको घाँटीमा घण्टी कसले झुण्ड्याउने जस्तो भैरहेछ तिमीलाई आत्मनिर्भर गराउने कुरा ।

जागिरेहरु जागिरका दिन कटाउँन मात्र पुग्छन् त्यहाँ भन्ने बताए एक जागिरेले । जागिरेलाई औपचारिकता पुरा गर्ने माध्यम मात्र मानुञ्जेल कहाँ हुन्छ जागिरेबाट कुनै काम । तिमी पनि अलि ढुलमुल छ्यौ रे नि । मैले त्यस्तो बुझें तिमीसँगको बसाइमा । एकजना मित्रले भने– ‘हुम्ला औषधि बेच्छ र रक्सीमा डुब्छ ।’ यो साँच्चै हो भने यो अलि ठीक भएन कि रु मैले सुनें– तिमी जडिबूटी बोकेर हिल्सा पुग्छ्यौ, हिल्सा वरिपरीकै रुख काटेर ताक्लाकोट पुग्छ्यौ । चिनीयाँहरुलाई बेच्छ्यौ ।

सस्तोमा काठ र औषधि बेचेपछि सस्तै रक्सी किन्छ्यौ । त्यतातिर चालीस रुपैयाँमा पाइने झिङ्गिन टि नामको त्यो रक्सी सिमकोटमा दुईसय, मुगुमा चारसय, बाजुरामा पाँचसयमा बेच्छ्यौ र कर्णालीलाई रक्सीमय बनाउँछ्यौ । तिमीलाई थाहा छ कि छैन त्यो रक्सी मान्छेले पिउने पेय नै होइन रे । त्यो त उनीहरुले चिसो ठाउँमा रहेका आफ््ना घोडा र खच्चरहरुलाई पियाउन तयार गरेका रे । त्यसैले अचेल चिनीयाँ मित्रहरु आश्चर्यमा परेका छन् रे । उनीहरु भन्दैछन् रे– ‘नेपालमा त कति धेरै खच्चर र घोडा रहेछन्, जसले हामीले पठाएको यति धेरै रक्सी खपत गरिरहेछन् ।’ जनावरलाई पियाउने बिजुली पानी मान्छेलेनै स्वाट्ट पारेपछि के होला मान्छेको ज्यान रु हेर त हुम्ला हाम्रो हुर्मत के हुँदैछ । छिमेकीको अघिल्तिर पनि ।

 

एक विहान तिम्रा गाउँवस्ती चहार्ने विचारले सिमकोटको शिर पाउ सुमसुम्याएँ मैले । समुद्रभन्दा नौ हजार पाँच सय फिट उचाइमा रहेको सिमकोटमा बाहिरबाट जानेहरुलाई अलि कमी महसूस हुँदो रहेछन् अक्सिजनको । त्यसैले फूर्सद पायो कि हिंडिरहन्थें म जतासुकै । सिमकोट बजारको माथिल्तिर दुई गाउँ नजिक नजिक छन् । त्यसलाई लादेबाडा र पाउबाडा भनिँदोरहेछ । बजारको तल्लो भागमा गुचुमुच्च अर्को गाउँ छ त्यसलाई तल्लो गाउँ भनिँदोरहेछ । तल्लो गाउँ भनिएपनि त्यसभित्र पनि हिल्छुरुकवडा, डुमवडा, माङदाडा, रावतवडा, रोकावडा, भोरा दगडा नामका धेरै गाउँहरु मिसिएका रहेछन् त्यहाँ । परबाट हेर्दा एउटै गाउँजस्तो गुचुमुच्च ।

परम्परागत शैलीका घरहरु पहाडका शृङ्खलाहरुभैmं देखिन्छन् गाउँमा । गाउँका घरहरु टपक्क टपक्क टाँसिएका छन् आपसमा । गाउँका घरहरु पुग्ने बाटो ठम्याउन गाह«ो पर्ने । प्रायः घरहरु तीन तलाका छन् । सबैैभन्दा तल्लो तलामा गाईवस्तु पालिने, त्यसलाई गोठ भनिँदो रहेछ । दोश्रो तलामा मान्छेहरु बस्ने, जसलाई घर भनिँदो रहेछ । अन्तिम तला भने घरले ढाकेको क्षेत्रमध्ये एक चौथाइमात्र ढाकेको कोठाको रुपमा हुने, त्यसलाई पाँड भनिँदो रहेछ । पाँडमा घरका सर–सामान राख्ने र पाहुना सुताउने चलन रहेछ । घरका सबैै तला र छाना माटाले छापिएको हुनाले टाढाबाट हेर्दा माटै माटाका थुप्राजस्ता देखिने ।

एउटा कुरा भन्छु नरिसाऊ है हुम्ला । तिम्रा गाउँ पुगेको सूचना त दिसा पिसावको गन्धले दिंदा रहेछन् । गाउँ भेट्नु अघिदेखि आँगन, बाटो, पिंढी, रछ्यान, जतासुकै दिसै दिसाका लिंडहरु तरबर्र उठिरहेका । साँघुरा बाटाहरुमा गुहु मुत र घस्यानमस्यानले हिंडिनसक्नु । पाइलै पिच्छे गुहु नटेकी सुखै छैन । नाक कतिवेर थुन्नु । गुहुमा भुन्भुनाएका हरिया झिंगाले डसेरै मार्लान् कि भन्ने डर । संसार कहाँबाट कहाँ पुगिसक्यो । जताततै दिसाको डङ्गुर लगाउने चलन किन नत्यागेको तिमीले । लादेवाडामा एकजनालाई किन यस्तो गरेको भनेर सोधें मैले । ‘जसका जहानले धेरै खर्च लड्काउँन पाउँन्याछन् उनकै वरिपरि त हुन्छ गुहु, खानै नपाउँनेले के हगुन त रु’ ठाँटसित जवाफ दिए वा ती दाइले । म त अचम्ममा रङ्मङ्गिएँ । यस्तै कुरामा चेतना जगाउन गैर–सरकारी संस्थाका साइनवोर्ड प्रशस्त टाँसिएको देखें । प्रशासन पनि छ । तर, किन जस्ताको त्यस्तै छ्यौ हँ हुम्ला तिमी रु

पाउवडाबाट ओह्रालो झर्दै थिएँ । बाटोको छेउमा पानीको नाली भेटियो । नाली भन्नु मात्रै जतासुकै पानीको कुलोजस्ता लाग्ने बाटाहरु । नालीलाई छोप्न सिमेण्टका स्ल्यावहरु ढसमस्स बसिरहेका । नालीलाई छोप्न सिमेण्टको स्ल्यावनै किन रु तिम्रै अङ्ग अङ्गमा उठेका ढुङ्गा काटेर स्ल्याव बनाए हुन्न रु काठमाडौंमा यतिखेर सिमेण्ट प्रतिवोरा रु। पाँचसयमा पाइन्छ तर चीलगाडी चढेर आएको सिमेण्ट दशहजार दुईसयमा सिमकोटमा पदार्पण गर्दोरहेछ । फलामे छडको चाला पनि त्यस्तै । आफ््नै आङ्मा लडिबगर लागेका ढुङ्गाका स्ल्याव बनाउन छोडेर चीलगाडी चढेका महङ्गा सामाग्री हाल्दैमा तिम्रो अनुहार रङ्गिन बन्ने हो र रु प्रशासकहरुलाई बजेट सक्न पाए भैगो, सस्तो महङ्गोको के कुरा रु देख्यौ कसरी ठगिरहेछ सरकारले अझैसम्म तिमीलाई ।

तिमीसँग भएको ढुङ्गा माटो जोडेर घर, कुलो र सडक बनाउन सकिनेमा हवाइजहाजले बोकेकै सिमेण्ट जस्ता र काठ प्रयोग गरिरहेछन् प्रशासकहरुले । दूर शहरको कोठामा बसेर त्यही शहरका स्रोत र साधन प्रयोग गर्ने लागत अनुमान र ड्रइङ डिजाइन बनाउँछन् प्राविधिक । त्यही आधारमा ठेक्का पट्टा र बिल बनाउँछन् स्थानीय कर्मचारीहरु । त्यसो गर्दा अदृश्य मुनाफामा महकिन्छन् मापाका सरकारी कोषका अख्तियारवालाहरु । तिम्रै पिठ्यौभरि रहेका किमति सुगन्धहरु फालेर परदेशका फजितिहरुलाई पूज्दैछन् टाठाबाठाहरु । तिलहरी बेचेर फूली बनाउन तम्सनेहरुको हालिमुहाली भएसम्म कसरी हुन सक्ला र तिम्रो उन्नति ।

तिमीसँगै मृगनाभि पर्याप्त हुँदा हुँदै किन दौडिरहेछन् मान्छेहरु सुगन्धको खोजिमा रु हुम्ला, तिमी गर्भिणी छ्यौ यतिखेर । सन्तानवतीको लागि प्रसब वेदनाको खपाई गौण हुन्छ नै । सम्भावनाका सङ्कुचन बिस्तारै फट्नुपर्छ तिम्रा प्रदेशहरुबाट ।

– सिमकोट, हुम्ला
२०६५ भाद्र १९ गते, बिहीबार

 

प्रतिक्रिया दिनुहोस