भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई आज मानार्थ महारथीको दज्र्यानी चिन्ह पाउँदै

फिल्को मिसन

विहीबार २०,कार्तिक २०७७
काठमाण्डौ । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई आज मानार्थ महारथीको दर्जा दिँदै छ।
प्रधानसेनापति पुर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा हिजो नेपाल आएका सेनाध्यक्ष नरवणेलाई आज अपरान्ह चार बजे राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ महारथीको दर्जा दिँदैछिन्।
उहाँलाई आज अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुहुनेछ । दज्र्यानी चिन्ह ग्रहण गरेपछि उहाँले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ ।
मानार्थ महारथीको उपाधि प्रदान गरेपछि उहाँलाई सैनिक मुख्यालयमा सेनाले गार्ड अफ अनर प्रदान गर्ने छन् । उहाँले शहीद गेटमा माल्यार्पण गर्ने समेत कार्यक्रम छ । नरवणेले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ । सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ। सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो। नेपाली सेनाका तर्फबाट भने त्यसको ठिक १९ वर्षपछि अर्थात सन् १९६९ मा सुरेन्द्रबहादुर शाहले भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए।
प्रधानसेनापति थापाले बेलुका नरवणेको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । थापाको औपचारिक निमन्त्रणमा हिजो नेपाल आउनुभएका नरवणेले पहिलो दिन बसन्तपुर गएर जीवित देवी कुमारीको दर्शन गर्नुभएको थियो भने पशुपतिनाथको बाहिरबाटै दर्शन समेत गर्नुभएको थियो । उहाँ भोली शुक्रबार स्वदेश फर्किनुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस