सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्यो

दाने बोहरा

विहीबार २०,कार्तिक २०७७
हुम्ला । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्ला बाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना संक्रमणको डरले जिल्लाबाहिरका काठमाण्डौ, सुर्खेत, नेपालगञ्ज, पोखरा लगायतका शहरबाट घर पुगेका विद्यार्थीहरु पुन लकडाउन (बन्दाबन्दी) खुकुलो भएसँगै पढाईका लागी भन्दै फेरी जिल्ला बाहिर जान थालेपछि सिमकोट विमानस्थलमा दैनिक यात्रुको चाप बढ्दै गएको हो ।
लामो समयको लकडाउन पछि अनलाइन माध्यामबाट पढाइ र परिक्षा हुन थालेपछि हुम्लामा इन्टरनेटले राम्रो काम नगरेकाले घरपुगेका विद्यार्थीहरु दशैँ सकिए गलत्तै जिल्ला बाहिर थालेका हु्न ।
जिल्ला बाहिर जानेको संख्या दैनिक बड्दै गएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । दैनिक ५० जना भन्दा बढी यात्रु जिल्ला बाहिर गहिरहेको जनाइएको छ ।
नेपालगन्ज, सुर्खेतबाट विहान देखि बेलुका सम्म आफ्नो उडान भरदै आएका निजी हवाई जहाजहरुले एक महिना यता देखि विमानस्थलको स्तरउन्ती कार्य भहिरहेकाले विहान ६ बजे देखि १० सम्म मात्रै उडान भर्ने भएकाले यात्रुलाई टिकट पाउन समस्या निम्तीन थालेको छ ।
कोरोना संक्रमणको त्रास भएपनि पढ्नका लागी भएपनि जिल्ला बाहिर जानका लागेको सिमकोट गाउँपालिका वडा दुई निवासी हर्कबिर बोहराले बताउनुभयो । सिमकोट विमानस्थलको गेटमा दैनिक दिन विहान जिल्ला बाहिर जाने यात्रुको भिड लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस