कोरोन कहरबा विच बुधबारदेखि कक्षा ११ को परिक्षा सञ्चालन

विहीबार २०,कार्तिक २०७
हुम्ला । बुधबारबाट कक्षा ११ को परिक्षा सञ्चालन भएको छ । कोरोना कहरले बन्द भएको कक्षा ११ को परिक्षा सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयले सुरक्षा सावधानी अपनाएर आजबाट सञ्चालन गरेको छ । ४० पुर्णाआंकको बाहिय र ६० पुर्णाआंकको आन्तरीक मुल्यान बाट दिने गरी आजबाट परिक्षा सञ्चालन भएको हो ।
राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा हुनुअगाबै प्रत्येक विद्यालयले परिक्षा लगी त्यसको मुल्याकन गरी परिक्षा नियन्त्रण कार्यालयमा पेश गर्ने भन्ने आधारमा बुधबारदेखि परिक्षा सन्चालन गरीएको प्रधानध्यापक शाहीले जानकारी दिनुभयो ।
४० पुर्णाअंकको प्रश्नपत्रहरु र राष्ट्रिय परिक्षा बोर्डले तोकेको मापदण्ड अनुसार नै प्रश्नपत्रहरु काटेर परिक्षा सञ्चालन गरीरहेको शाहीले बताउनुभयो ।
साउन देखि मंसिर सम्म पढाइ भएर कक्षा १२ को बैशाख र ११ को जेठमा हुनुपर्ने भएपनि कोभिड १९ का कारण लामो समय ग्याब भएर विद्यार्थीले पढेका कुरा भुलेकि, विर्सेकि भनेर त्यो समस्यालाई समधान गर्नका लागी एक महिना अगावै कक्षा ११ को परिक्षा हुन्छ भनेर विद्यार्थीहरुलाई समेत दिएकाले विद्यार्थीले केही तयारी गर्न पाएको शाहीले बताउनुभयो । कोभिड १९ का कारण १०० पूर्णाङ्गकको हुने परिक्षा ४० पूर्णाङ्गमा झारेकाले विद्यार्थीलाई केही सहज भएको छ । विद्यालय आफैले नतिजाको सबै तयारी गरी प्रश्नपत्रहरु चेकजाँच गरी रिजल्ट सिट बनाएर राष्ट्रिय परिक्षा बोर्डमा पठाउने र त्यसको आधारमा परिक्षाफल प्रकाशन गर्ने नियम रहेको प्रधानध्यापक शाहीले बताउनुभयो ।
कोरोना कहरका विच कक्षा ११ को परिक्षा सञ्चालन गर्दा समस्या पनि निम्तीएको शाहीले बताउनुभयो । सिमकोट गाउँपालिकाले शैक्षिक संस्था सञ्चालनका लागी अनुमति दिएपनि स्वास्थय सम्बन्धि कुनैपनि सामाग्री नदिएको पाइएको छ । विद्यालयले गर्न सक्ने मापदण्डहरु मस्क, सेनिटाइजर, र परिक्षाहलमा पनि सकिदोदुरीमा परिक्षा सञ्चालन गरिएको शाहीले बताउनुभयो ।
बुधबार देखि शुरुभएको कक्षा ११ को परिक्षामा ८२ जना नियमती र १०६ जना आंसिक विद्यार्थी रहेको शाहीले बताउनुभयो । आज भएको परिक्षा १ सय ४१ जना सहभागी हुनुपर्नेमा ९ जना विद्यार्थी अनुपस्थित रहेको शाहीले बताउनुभयो ।