बसर्पाक नहुँदा सडकमै गाडी पार्किङ्ग

दाने बोहरा

विहीबार २०,कार्तिक २०७७€
हुम्ला । हुम्लाको सदरमुकाममा तीन दर्जन बढी सवारीसाधन रहेका छन् । सिमकोट, नाम्खा र खार्पुनाथ अन्तर पालिका सञ्चान हुँदै आएका सवारीसाधनको लागी पार्किङ्गको व्यवस्था नहुँदा सकडमै पार्किङ्ग गर्देआएका छन ।
चार वर्ष देखि सदरमुकाम सिमकोटमा गाडी पुगेसँगै अन्तरपालीमा सञ्चालन हुँदै आएपनि बसपार्कको व्यवस्था नहुँदा गाडी पार्किङ्गमा समस्या निम्तीएको छ ।
सवारीसाधन पार्किङ्ग लागी बसपार्क नहुँदा बजार क्षेत्रको सडकमै गाडी पार्किङ्ग गर्नु पर्ने बाध्यता रहेको छ । बसपार्क नहुँदा सिमकोट बजारको मुख्य चोक कालिन्चो देखी लोकतन्त्र चोक सम्म गाडी पार्किङ गर्नुपर्ने बाध्यता सँगै सर्वसाधरणलाई आवतजावतमा समस्या निम्त्यउानुका साथै यसले सदरमुकाम अस्तव्यस्त देखिएको छ ।
सदरमुकामको सडक साँघुरो र सडकमै गाडी पार्किङ गर्नाले पैदल यात्रुलाई समस्या हुने गरेको छ । व्यवस्थित पार्किङ नहुँदा सवारीसाधन पार्किङमा निकै समस्या छ। यसले सर्वसाधारणलाई समेत सास्ती भोग्नु परिरहेको छ । बजारमा जथाभावी रोकिएका सवारीका कारण पैदल यात्रुलाई झन समस्या हुने गरेको यातायात व्यवसायीको गुनासो छ । बजार क्षेत्रमा जथाभावी निर्माण सामग्री राख्ने, गाडी पार्किङ गर्ने, विभिन्न वहानामा सवारी पार्किङ गर्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस