प्रदेश मातहातका कार्यक्रमको अनुगमन गर्न मुख्यमन्त्री शाही हुम्लामा

अर्जुन बोहरा

शुक्रबार २१,कार्तिक २०७७
हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतको टोली शुक्रबार बिहान हेलिकप्टरबाटै हुम्लामा पुगेका छन । मुगु र हुम्ला जिल्लागत अवस्थाको बारेमा बुझ्न कर्णाली प्रदेशका मुख्या मन्त्रि शाहीले हुम्लामा आएको नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशीले बताए । विहीबार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री शाही लगाएतको टोली मुगु हुँदै शुक्रबार विहान ११ बजे हुम्लाका सदुमुकम सिमकोटमामा प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गरीले बताए ।

प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवं राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा संञ्चालित योजनाको अनुगमन, आफु हुम्लामा आएको बताउनु भयो । जिल्लाको विकास, नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई प्रत्यक्ष मैदानबाटै बुझन आएको मुख्य मन्त्रि शाहले बताए ।
मुख्य मन्त्रि शाहीले ग्रामीण बस्तिमा पूर्वाधार निर्माण गरी तिनलाई बजारसँग जोड्न सकेमा कर्णाली प्रदेश सरकारले राखेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को लक्ष्य पूरा हुने बताए ।

प्रदेशबाट आएका कार्यक्रमको प्रगति भएनभएको अबस्थाको बारेमा बुझन र दुर्गम जिल्लामा सरकारी कार्यलय खोल्ने अनि साहयक कर्मचारीको भर जिम्मा लगाउने कर्मचारीको रोग पुरानै भएको मुख्य मन्त्रि शाहिले बताए ।
संघ, प्रदेश र स्थानीय तिनैवटा तहले मिलेजान पनि आग्रह गर्नु भयो । हुम्ला जिल्लाका नेकपा पार्टी संग अन्तरक्रिया,स्थानीय तहका जनप्रतिनिधिसंँग तथा प्रदेश सरकार मातहतका जिल्ला कार्यालय प्रमुखसँगको भेटघाट कार्याक्रम रहेको मुख्य मन्त्रिका सचिवलय सदस्य लोकेन्द्र शाहीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस