थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

फिल्को मिसन

सोमबार २४ कार्तिक २०७७
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप १ हजार ४ सय २८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित पुष्टि हुनेमा ६३० महिला र ७९८ पुरुष रहेका छन् । काठमाडौँमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना नयाँ सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३६ हजार १७४ रहेको छ । यसअघि हिजोको तथ्यांक अनुसार नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ९४ हजार ४५३ हजार थियो । पछिल्लो २४ घण्टामा थप १७९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६९ हजार ७२४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११२६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस