नेकपा विवादः प्रचण्ड–नेपाल समूह सचिवालय बैठक बोलाउने तयारीमा

फिल्को मिसन

मंगलबार २५,कार्तिक २०७७
काठमाण्डौै।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको अनुशासन आयोगले आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ । पार्टीमा ओली र प्रचण्ड नेपाल समूहबीच विवाद चर्किरहेका बेला अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले आरोप प्रत्यारोप रोक्न आग्रह गर्नुभएको हो । आयोगका अध्यक्ष बोहोराले पार्टी एकतादेखि स्थायी र केन्द्रीय कमिटीका निर्णयहरु कार्यान्वयन नभएको भन्दै २६ भदौको स्थायी कमिटी बैठकले कार्यान्वयनका निमित्त गरेका निर्णयहरु समेत अलपत्र रहेको र त्यसलाई अनेकौं बहानामा पन्छाउने काम भइरहेको बताउनुभयो । नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन लिखित रुपमै माग गरेका छन् । तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउन नचाहेको प्रचण्ड पक्षले आरोप लगाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस