थप २७३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

मंगलबार२५,कार्तिक २०७७
काठमाडौं। देशभर आज थप दुई हजार सात सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप दुई हजार सात सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ९९ हजार ७ सय ६० पुगेको छ ।
त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज आठ सय ५३ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ६० हजार पाँच सय ७७ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप २२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।