म्यानमारमा सत्तारुढ दलको बहुमत

एजेन्सी

मंगलबार२५,कार्तिक २०७७

एजेन्सी । म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी एनएलडी ले बहुमत प्राप्त गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उहाँको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले आज जनाएको छ । निर्वाचनमा कुल पाँच हजार ६३९ जना उम्मेदबार मध्ये सूचीको सत्तारुढ दलको तर्फबाट एक हजार १ सय ६ जना उम्मेदबार रहेका छन् । म्यानमारका एक हजार ११७ संसद सदस्यका लागि निर्वाचन भएको हो । आज विहान सम्ममा कुल ४७ जना निर्वाचित भएकोमा सूचीको पार्टीले मात्रै ४४ सिटमा जित हासिल गरेको छ । विपक्षी युएसडीपी तीन सिटमा मात्रै विजयी भएको थियो । म्यानमारमा सन् २०१२ मा उपनिर्वाचन भएको थियो भने सन् २०१५ मा आम निर्वाचन भएको थियो । त्यो कार्यकाल सकिएपछि अहिले फेरि निर्धारित समयमै निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस