सिमा सुरक्षामा खटिएको प्रहरी फिर्ता

फिल्को मिसन

मंगलकार २५,कार्तिक २०७७
हुम्ला । हुम्लाको नाम्खा गाउँपालि वडानं ६ को लिमी गाउँको सुनखानीमा रहेको प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ। सिमा सुरक्षाका लागि खटिएको लिमीको सुनाखानी र मुचुको हिल्सामा रहेका सुरुक्षाकर्मिहरु यति खेर चिसोले चौकीमा बस्न नसक्ने अबस्था बनेपछि प्रहरी जिल्लामा प्रहरी कार्यलय सरदुरमुकाम सिमकाटमा फिर्ता भएको प्रहरी निरीक्षक सिताराम बिष्टले बताए ।
माइनस ५ डिग्रीको तापक्रम झरेपछि त्यहाँ हिमपता भएको समयमा बस्ने घर उचित नबनेको र चिसोमा लगाउने कपाडा,राशन पानीको अभाव हुने भएपछि प्रहरी लाई फिर्ता गर्नु परेको प्रहरी निरीक्षक बिष्टले बताउनु भयो । एक गाउँबाट अर्काे गाउँ सम्म जानको लागि हिंपातले गर्दा जाननसक्ने अबस्था भएको र लिमीका तिनैवटा गाउँमा कुनै घटना नघट्ने र घटेपनि प्रहरीकोमा नआएरै गाउँमै मिल्ने अबस्था भएको कारणले खासै प्रहरीको अबास्याक नभएको स्थानीय पेम्वा तामाङले बताए ।
प्रहरी नायव निरीक्षकको नेतृत्वमा २३ जना प्रहरी दरबन्दी भएपनि सात जना प्रहरी यसपाली चौकीमा पुगेका थिए। लिमीको सुनखानी चौकीका प्रहरी जिल्लामा फिर्ता आएसंगै अब प्रहरी चौकी खाली भएको छ। उता हिल्सा सिमानामा पनि मंसिर महिनाको पहिलो हप्तामा प्रहरी.ि जिल्लामा आइपुग्ने जिल्ला प्रहरी कार्यलयले श्रोतल जनाएको छ । तर सिमाश्रेत्रमा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षालागि १२ महिना खटिएकोे छ ।

प्रतिक्रिया दिनुहोस