दुर्गम गाउँहेप्कामा आधा कारोड लगातमा सामुदायिक भबन

फिल्को मिसन

सोमबार २०,कार्तिक२०७७
हुम्ला । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका वडा नं १ हेप्का गाउँको सामुदायिक भबन निर्माणका सम्पन्न भएको छ ।
कर्नाली प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री रोजगार कार्यक्रमको ४४ लाख २८ हजार ४सय ९४ रुपायाँ र स्थानीयहरूको बिस प्रतिशत जनश्रमदान गरेर ५३ लाख २७ हजार ३८०मा निर्माण भएको हेप्का गाउँमा लामा सांस्कृत सामुदायिक भबन निर्माण समितिका सचिव कुमार तामाङले बताए ।
दुर्गम गाउँहेप्कामा आधा कारोड लगातमा सामुदायिक भबन निर्माणपछि गाउँका विभिन्न सामुदायिक काम र स्थानीय चाडपर्वको व्यवस्थापनका लागि सहज भएको स्थानियले प्रेम लामाले बताउनु भयो ।
मुख्यमन्त्री रोजगार कार्यक्रमले हाम्रो जस्तो नाम्खा गाउँपालिकाकै ठूलो गाउँ हेप्का गाउँ भएकाले विभिन्न प्रकारका सामुदायिक तथा अन्य स्थानीय चाडपर्वका लागि गाउँलेहरू जम्मा हुनका लागि र कुर्नै कार्यक्रम आयोजना हुने भएको अब देखि समस्या टरेको हेप्का गाउँका युवा रामसिंह लामा खुशि व्यक्त गर्नु हुन्छ ।कर्नाली प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री रोजगार कार्यक्रमको ४४ लाख २८ हजार ४९४ र स्थानीयहरूको बीस प्रतिशत जनश्रमदान गरेर ५३ लाख २७ हजार ३८०मा निर्माण भएको हैप्का गाउँ सामुदायिक भबन निर्माण समितिका सचिव कुमार तामांगले जानकारी दिएका छन् ।
उक्त भबनको उद्घाटनका लागि नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा, नेकपाको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विजय भण्डारी, हिमाली लामा भोटे मुक्ती मोर्चाका अध्यक्ष छिरिंग डम्दुल लामा लगायतका नेता कार्यकर्ता तथा स्थानीय गाउँलेहरूको सहभागिता रहेको थियो ।
यो भबनलाई अझै थप सुधार र विस्तारका लागि गाउँदेखि केन्द्रसम्म आवश्यक पर्ने बजेट र सेवा सुविधाका थपका लागि प्रयास गर्ने बताइएको छ ।

हुम्लाकै नमुना सामुदायिक भबन तयार हुँदा स्थानीय गाउँलेहरु खुशी भएका छन् । गाउँमा नै सुविधा सम्पन्न भवन भएका पछि गाउँको भेटघाट तथा जमघटका लागि सहज भएको भएको छ ।

प्रतिक्रिया दिनुहोस