आज विहान कुकुर पुजा गरेर साँझ लक्ष्मी पुजा गरिंदै

फिल्को मिसन

शनिबार २९,कार्तिक२०७७

काठमाडौं । हिन्दु नेपालीहरुको दशैंपछिको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदैछ । कात्तिक कृष्ण चतुर्दशी तिथिमा कुकुर तिहार मनाइने भए पनि आज बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि रहेकाले आज विहान कुकुर पुजा गरेर साँझ लक्ष्मी पुजा गरिंदै
शनिबार २९,कार्तिक२०७७

काठमाडौं । हिन्दु नेपालीहरुको दशैंपछिको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदैछ । कात्तिक कृष्ण चतुर्दशी तिथिमा कुकुर तिहार मनाइने भए पनि आज बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि रहेकाले दीपावली गरी लक्ष्मीको पुजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । जसका कारण कुकुर पूजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ ।

आज विहानको समयमा कृष्ण चतुर्दशीको तिथि भएपनि दिउँसो १ बजेर ४९ मिनेटपछि औंसी तिथि लाग्छ । तसर्थ आज साँझ लक्ष्मीको पूजा साँझ गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पंचांग निर्णायक समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतम बताए । समितिका अनुसार आइतबार बिहानसम्म औंसी तिथि रहने भए पनि बिहान ११ बजेर २७ मिनेटपछि प्रतिपदा तिथि लाग्ने भएकाले लक्ष्मीपूजा अघिल्लै दिन साँझ मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले निर्णय गरेको हो ।

कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिन्छ । कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्तै अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारपूर्ण रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य स्वरूप घर घरमा बत्ती बाली लक्ष्मीलाई स्वागत गरिन्छ । आज साँझ घरको सरसफाइ गरी मूल ढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतीकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गर्ने प्रचलन छ ।

दीपावली गरी लक्ष्मीको पुजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । जसका कारण कुकुर पूजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ ।

आज विहानको समयमा कृष्ण चतुर्दशीको तिथि भएपनि दिउँसो १ बजेर ४९ मिनेटपछि औंसी तिथि लाग्छ । तसर्थ आज साँझ लक्ष्मीको पूजा साँझ गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पंचांग निर्णायक समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतम बताए । समितिका अनुसार आइतबार बिहानसम्म औंसी तिथि रहने भए पनि बिहान ११ बजेर २७ मिनेटपछि प्रतिपदा तिथि लाग्ने भएकाले लक्ष्मीपूजा अघिल्लै दिन साँझ मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले निर्णय गरेको हो ।

कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिन्छ । कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्तै अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारपूर्ण रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य स्वरूप घर घरमा बत्ती बाली लक्ष्मीलाई स्वागत गरिन्छ । आज साँझ घरको सरसफाइ गरी मूल ढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतीकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस