प्रहरीले रगतले महिलाको ज्यान बच्यो

फिल्को मिसन

शुक्रबा २९,कार्तिक २०७७
हुम्ला । रगतको अभावमा जिल्ला अस्पताल हुम्लाका छटपटाईरहेकी एक महिलाको प्रहरी जवानले दिएको रगतले ज्यान जोगिएको छ । हुम्लाको सिमकोट गाउँपालिका वडा ८ निवासी ४१ वर्षिय सुन बुढाले बच्चा फाल्नको लागी मेडिसिन औषधि प्रयोग गर्दा रगत बढी बगेर ज्यान जोखिममा रहेर जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।
अत्याधिक रक्तश्राव भएपछि जिल्ला अस्पतालमा भर्ना भएकी बुढालाई ‘बि पोजेटिभ’ रगत नभेटिएपछि जिल्लाप्रहरीलाई गुहार्दा प्रहरी जवान राजेन्द्र रानाले तिन पाउण्ड रगत दान गरेको जिल्ला स्वाथ्य सेवा कार्यालयका सुचाना अधिकुत भक्ति फडेराले बताउनु भयो ।स्थानीयवासीमा रगत दान गर्नुपर्छ भन्ने भावनाको विकास नहुँदा रगत अभावमा सधैँ समस्या पर्ने गरेको सिनियर अनमी सरिता बोहराले बताए । जिल्ला अस्पतालमा ब्लड बैक नभएको पछि रगतको अभाव हुने गरेको छ । रगत अभाव भएका बिरामीलाई नेपाली सेना र नेपाल प्रहरीले रक्तदान गरेर ज्यान जोगाउदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस