आठ जना कोरोना संक्रमित थपिएसँगै समुदायस्तरमै फैलिन थालेको आशंका

दाने बोहरा

शनिबार २९, कात्तिक २०७७
हुम्ला ।  हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा आठ जना कोरोना संक्रमित थपिएसँगै समुदायस्तरमै फैलिन थालेको आशंका गर्न थालिएको हो । दुई दिन अगाडी चारजनामा देखिएको कोरोना शुक्रबार थप आठ जनामा कोरोना संक्रमण देखिदा नाम्खा गाउँपालिकामा कोरोना संक्रमितको संख्या बाह्र जना पुगेको छ ।
सुर्खेतमा गरिएको नमूना परीक्षणमा आठ जनामा कोरोना संक्रमण देखिए लगत्तै आज त्यस तर्फ डाक्टर नविन रोकायाको नेतृत्वमा ल्याव टेक्निसिय र अन्य स्वास्थ्यकर्मीको टोली जिल्ला अस्पतालबाट पठाइएको हो ।
गाउँपालिकाको महाबौद्ध मावि याल्वाङ र उक्त विद्यालयको छात्राबासमा बसोवास गर्ने विद्यार्थीहरुमा देखिएको कोरोना समुदायस्तरमा फैलिन नदिनका लागी चिकित्सकको टोली त्यस तर्फ पठाएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो ।
सुमदायस्तरमै कोरोना भाइरसको संख्या बढेपछि जिल्ला अस्पताल हुम्लाबाट चिकित्सक सहितको टोली नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङतर्फ पठाइएको प्रमुख सिहंले बताउनुभयो ।
महाबौद्ध मावि याल्वाङको होस्टेका छात्रछात्रामा कोरोना देखिएको भएपनि समुदायस्तरैमा देखिएको भन्न नमिल्ने तर आज डाक्टरको टोली गएर अन्यका याल्वाङ्गका नागरीकहरुको स्वाव संकलन गरीसकेपछि मात्रै थाहा हुने प्रमुख सिंहले बताउनुभयो ।
अन्य यहाँका स्थानीयले कोरोना संक्रमण हुम्लामा समुदायस्तरमै फैलिएको भएपनि कोरोना चेकजाँचका लागी स्वाव संकलन नगरी नभेटिएको बताउँदै आएका छन् । कोरोना आशंकामा स्वाव संकलन गर्दा पोजेटिभ देखाउने गरेको छ ।
हुम्ला जिल्लाको सुरक्षित स्थान ठानिएको नाम्खा गाउँपालिकाको समुदायमा कोरोना कसरी देखिएको त्यसको खोजी हुने उहाँले बताउनुभयो । संक्रमण थप नफैलियोस् भन्नका लागि पालिका प्रवेशमा बन्द गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस