नाम्खामा आठ जना थपिए कोरोना संक्रमितको संख्या बाह्र पुग्यो

फिल्को मिसन

शनिबार २९, कात्तिक २०७७

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा आठ जना थपिएसँगै कोरोना संक्रमितको संख्या बाह्र पुगेको छ ।
चारजनामा कोरोना पुष्टि भएको दुई दिनपछि शनिबार थप आठ जनामा कोरोना देखिएको हो । सुर्खेतमा गरिएको नमूना परीक्षणमा आठ जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो ।
सुमदायस्तरमै कोरोना भाइरसको संख्या बढेपछि जिल्ला अस्पताल हुम्लाबाट चिकित्सक सहितको टोली नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङतर्फ पठाइएको प्रमुख सिहंले बताउनुभयो ।
हुम्ला जिल्लाको सुरक्षित स्थान ठानिएको नाम्खा गाउँपालिकाको समुदायमा कोरोना देखिएको छ । संक्रमण थप नफैलियोस् भन्नका लागि पालिका प्रवेशमा बन्द गरिएको छ ।
गाउँपालिकाको महाबौद्ध मावि याल्वाङ र उक्त विद्यालयको छात्राबास सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस