प्राकृतिक फूलको अभाव,कृतिम फुलमालाको भर

अर्जुन बोहरा

आईतबार ३०,कार्तिक२०७७
हुम्ला । यस वर्ष तिहार ढिलो गरी आउँदा प्राकृतिक फूलको अभावभएको छ। हुम्लाका उतरी गाउँपालिका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फूलहरु सुकेका छन । कार्तिक महिना अन्तिम तिर तिहार आएको र असोजको अन्तिम तिर फूल बोटमै सुकेकोले तिहारमा प्राकृतिक फूलका मालाको अभाव देखिएको छ ।
यस वर्षको तिहार गत वर्षको भन्दा झण्डै एक महिनापछि धकेलिँदा फूलहरु तिहारका लागि जोगाउन कठिन भएको हुम्लाको सिमकोट गाउँपालिका २का स्थानीय अर्जुन भण्डारीले बताए ।
यसपालि तिहार अगावै बोटसहित फूलसमेत सुकेपछि फूल खपत हुने पर्व तिहारमा प्राकृतिक फूलको अभाव हुने अवस्था आएको भण्डारीले बताए । मठ मन्दिर तथा शक्तिपीठहरु समेत कोरोनाका कारण बन्द अवस्थामा रहेकाले विगतमा जस्तो अन्य समयमा समेत फूलको खपत नभएको स्थानीयले बताएका छन । तिहारमा सिमकोट लगायत बजारमा भने प्लास्टिकका कृतिम फुलमालाले विक्रीवितरण भईरहको छ । आसपासमा कतै पनि यो सिजनमा फुल उत्पादन नभएपछि तिहारमा स्थानीयले कृतिम फुलको भर पर्नुपरेको बताएका छन ।
कृतिम फुलमाला महङ्गोमा पर्ने भयता पनि कृतिम फुलमाला किन्नबाध्य भएको स्थानीय भण्डारीले बताए । एक सय रुपैयाँदेखि ४ सय ५० सम्मका माला बेच्ने गरेको उनले बताए। पाकृतिक फुलप्रतिको लगाव भएपनि विक्रिका लागि सहज नहुँदा समयस्या भएको व्यापारिले बताएका छन्। प्राकृतिक फुल यो सिजनमा नपाएपछि कृतिम फुलमाला बेच्नुपरेको व्यापारीले बताका छन । हुम्लाको सिमकोट लगयात गाउँका साना ठुला सबै पसलमा कृतिम फुलका माला मात्रै पाइने गरेका छन्।

प्रतिक्रिया दिनुहोस